- Loading...
कृषि पथ मोबाइल एप प्रभावकारी बनाउन नेपाल घरेलु तथा साना उद्योग महासघं बाँकेको पहल शुरु
- कृषि टि.भी.
- १ साल अघि
- १८ पटक पढिएको


नेपाल घरेलु तथा साना उद्योग महासघं र केयर नेपालको आर्थिक सहयोगमा गत बर्ष देखि कृषि पथ मोबाइल एप सञ्चालन गरेको छ । मोबाइल एपलाई थप प्रभावकारी बनाउनका लागि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलाय र उद्योग वन तथा वातावरण मन्त्रलायको ध्यानकर्षण गराएको छ ।

केयर नोपलको आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासघं बाँके शाखाले कृषि पथ मोबाइल एप सञ्चालनमा ल्याएको हो । करिब १ करोडको लागतमा उक्त एप सञ्चालनमा आएको हो । सञ्चालनमा आए सँगै किसानहरुलाई उत्पादित तरकारी तथा खद्या बस्तु किनमेलमा सहज भएको छ । एप्प प्रयोग प्रभावकारी हुदाँ बन्दाबन्दीको समयमा किसानहरुले यसबर्ष खासै घाटा व्यहोर्नपनि परेन । तर, केयर नेपालसँगको सम्झौता सकिएपछि महासंघले लुम्बिनि प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलायमा प्रस्ताव लगेको छ ।
उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेकी छिन् । एपमार्फत उद्योगका समाग्री विक्री गर्न सके अझै राम्रो हुने बताउँदै उनले बजेटले भ्याए सम्म सहयोग गर्ने बताइन् ।
बाँकेको घरेलु महासघंले पहिलै देखिनै उद्योग मन्त्रलायमा सहयोगको लागि अपिल गरिरहेको थियो । मन्त्रालयका सचिव डा. राजेन्द्र केसीले तत्काल सहयोग गर्न नसकेपनि आगामी दिनमा गर्र्नै जनाए ।
कृषक र उद्योगी एक अर्काको परीपुरक रहेको बताउँदै घरेलु तथा साना उद्योग महासघं लुम्बिनि प्रदेशका अध्यक्ष नेत्र पाठकले अधिकांश किसानहरुले उत्पादन गरेको सामान बाट नै उद्योगी बनेकाले कृषकहरुलाई समान बिक्रि वितरण गर्न सहज भए उद्योगीहरुलाई पनि सहज हुने धारण राखे ।
हाल कृषि पथ मोबाइल एपबाट २ सय बढि कृषकहरु करोवार गरी रहेका छन् । प्रदेश ७ को कैलाली, डोटी, बाजुराका किसानहरु पनि एपमा समावेश छन् । बाँके जिल्लाको पहलमा २ सय किसान एप्पमा आवद्ध छन् भने प्रदेश स्तरबाटै सहयोग भए प्रदेशका सबै जिल्लाका किसानहरुले करोवार गर्न सक्ने छन् । त्यसैले, प्रदेश स्तरकै सरकारबाट सहयोग भए अझै थप किसानहरु प्रोत्सहित हुने देखिन्छ ।।

