FLASH NEWS
- Loading...
स्याङ्जा गल्याङका चार युवा मिलेर गाईपालन
- कृषि टि.भी.
- १ साल अघि
- २१ पटक पढिएको


स्याङ्जा गल्याङ नगरपालिका २ गेझाका ४ युवा मिलेर व्यवसायीक गाईपालन गरेका छन् । व्यवसायिक गाईपालन गर्ने युवाहरु कृषि बाहेक अन्य पेशामा पनि आवद्ध छन् । शिक्षक, कलाकार, ड्राइभर र नेपालमै केही गर्ने सोचका साथ अघि बढेका एक युवाको संयुक्त लगानीमा मुरली एग्रो फर्म दर्ता गराएका छन् । चार जना आ–आफनै पेशामा आवद्ध भैएपनि कृषिमा केही गर्ने योजनाका साथ सामूहिक गाईपालनमा लागेका हुन् ।

अहिले उनीहरुको फर्ममा १५ वटा गाई छन । नगरपालिकाले ७० प्रतिसत अनुदानमा काउमेट, चाप कटर, ठेला गाडा र जिप प्रेसर दिएको छ । ३० लाखको लगानीमा संचालनमा आएको उक्त मुरली एग्रो फर्म अहिले नमुना फर्मको रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस
