FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका सहित राष्ट्रिय धान दिवस मनाइँदै

    • कृषि टि.भी.
    • १ साल अघि
    • १४ पटक पढिएको
    ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका सहित राष्ट्रिय धान दिवस मनाइँदै

    आर्थिक बर्ष २०७७÷७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस आर्थिक बर्षमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । सो क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागकी निमित्त महानिर्देशक जानुका पण्डितले बताइन् । अठारौ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको पुर्व सन्ध्यामा कृषि विभागले आईतबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै धानको उत्पादनको सम्बन्धमा बताएको हो । विभागले यस वर्ष अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफलमा १ प्रतिशत र धान उत्पादनमा १ दशमलव ३ प्रतिशतले वृद्धि भएको जनाएको छ । निमित्त महानिर्देशक पण्डितले आगामी दिनमा धान बालीको उत्पादकत्व वृद्धिको दरलाई अझै फराकीलो र दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

    देशमा धानको उत्पादन वृद्धि गरी खाद्य सुरक्षाको अवस्था सुधार गर्न, धानमा आत्मनिर्भर बन्न र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आयमा वृद्धि गर्न सकिने आधारहरु रहेको उनको भनाई छ । पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा करिब ५९ प्रतिशत वृद्धि भएको छ ।

    हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइने गरिएको छ । यस वर्ष ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ धान दिवस मनाइने निमित्त महानिर्देशक पण्डितले बताइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित