FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्याङ्जा आँधीखोलाका किसानलाई ५० प्रतिशत अनुदानमा सुन्तला र कागतीका विरुवा वितरण

    • कृषि टि.भी.
    • १ साल अघि
    • २९ पटक पढिएको
    स्याङ्जा आँधीखोलाका किसानलाई ५० प्रतिशत अनुदानमा सुन्तला र कागतीका विरुवा वितरण

    हिमाल न्यौपाने, स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले ६ वटै वडाका किसान र व्यावसायिक कृषक फर्म समूहहरूलाई ५० प्रतिशत अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण गरेको छ । किसानहरूलाई फलफूल खेतीमा व्यवसायिक बनाउन ३५० जना किसानलाई ४ हजार ५ सय सुन्तला र २ हजार ५ सय कागती गरी करिब ७ हजार पोलि ब्यागसहितको बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पचास प्रतिशत र सम्बन्धित किसानले पचास प्रतिशत ब्यहोर्ने गरी बिरुवा खरिद गरेका छन् । अनुदानमा फलफुलका विरुवा पाएका किसान दङग देखिन्छन् ।

    गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले किसानलाई आर्थिक रूपमा सक्षम बनाउन व्यावसायिक खेती पद्धतिलाई आफूहरूले जोड दिएको बताए । गाउँपालिकाका जनतालाई फलफूल खेतीबाट पनि आत्मनिर्भर गराउने र आफ्नो भान्छामा आवश्यक पर्ने कागती आफनै बारीबाट उत्पादन गर्न सक्ने वातावरण मिलोस् भन्ने लक्ष्यका साथ बिरुवा वितरण गरिएको अध्यक्ष पौडेलले बताए । कृषिसँगै पर्यटनको पनि प्रशस्त सम्भावना रहेको आँधीखोला गाउँपालिकाको समृद्धिको लागि भर्खरै सम्पन्न भएको गाउँसभाले पनि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको अध्यक्ष पौडेलको भनाई छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राख्दै सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ४ सय ५० स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गरिएको कृषि प्राविधिक विवेक आचार्यले बताए । कृषकहरुले आफनो चाहान अनुसार फलफूलका विरुवा पाउँदा खुसी छन् ।

    जग्गामा बढ्दै गएको अम्लीयपनको निवारणका लागि गाउँपालिकाभित्र ११ टन कृषि चुन निःशुल्क वितरण गरि सकिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित