FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चितवनमा बर्खे धान रोपाईं ५० प्रतिशत सकियो

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३४ पटक पढिएको
    चितवनमा बर्खे धान रोपाईं ५० प्रतिशत सकियो

    चितवनमा ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । असारको दोस्रो सातासम्म चितवनका सात स्थानिय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र माडीमा करिब ७० प्रतिशत भन्दा बढी रोपाई सकिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । त्यस्तै, भरतपुर महानगरपालिका, कालिका नगरपालिका र ईच्छाकामना गाउंँपालिकामा भने केही क्षेत्रमा मात्र रोपाईं शुरु भएको छ । यस बर्ष मेशीनबाट रोपाई गर्ने कृषकको संख्या पनि बढेको छ । ज्ञान केन्द्रले बीउ तयार भईसकेको स्थान र पानी प्रशस्त भएको ठाउंँमा छिटो धान रोप्न आग्रह समेत गरेको छ । खेतीयोग्य जमिनमध्ये वर्षभरि र मौसमी गरी जम्मा ७२ दशमलब ७ प्रतिशत जमिनमा सिंचाइ पुगेको ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष २७ हजार ४ सय ४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते धानखेती भएको थियो । जस अनुसार चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ भने बर्षे धान प्रति हेक्टर उत्पादकत्व ३ दशमलब ५२ रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित