- Loading...
ललितपुरको खोकनामा ९० प्रतिशत भन्दा बढि धान रोपाइँ सकियो
- कृषि टि.भी.
- १ साल अघि
- ३५ पटक पढिएको


‘मानो खाएर मुरी उब्जाउने’ समय हो,असार । यतिबेला धान रोपाइँ धेरैतिर शुरु भइसकेको छ । यसैबिच काठमाडौं उपत्यकाको दक्षिणी भेगमा पर्ने ललितपुरको खोकनामा पनि रोपाइँ सकिन लाागेको छ । असार लागेसँगै यहाँका खेतमा धान रोपाइँ सुरु हुने गर्दछ । उपत्यकाभित्र किसानहरुको बाहुल्य रहेको खोकनामा पुग्दा किसानहरु कोही बिउ उखेल्न, कोही उखेलिसकेको बिउ रोप्न ठिक्क तयार पारिएको खेलमा हाल्न त कोही रोप्न व्यस्थ देखिन्थे ।

यस क्षेत्रका फाँटका धेरै जसो ठाउँमा रोपाई सकिएको छ भने कतै रोपिएको धानले गाँज हालेर हरियो देखिन थालेको छ । वर्षायाममा सबैतिर हरियाली देखिएकाले फाँट सुन्दर देखिएको छ । यसपालि समयमै मनसुन भित्रिएकाले धान दिवस भन्दा अगाडि नै रोपाईँ सकिन लागेको खोकनाका किसान रविन्द्र डंगोलले बताउनुभयो । धान दिवस भन्दा अगाडि ९० प्रतिशत भन्दा बढि रोपाइँ सकिएको उहाँको भनाइ छ ।
यस्तै खोकनाकै अर्कि किसान निसा भुजेल पनि पहिले पहिले पानि नपरेकाले गर्दा धान रोप्न ढिला हुने गरेको तर यसपालि समयमा नै पानि परेकाले धरैजसो ठाउँमा धान रोपिएको बताउनुहुन्छ ।
खोकनाका किसानले धेरैजसो आकाशे पानीको भरमा रोपाइँ गर्ने गरेका छन । पर्याप्त मात्रामा मल नपाएकाले धेरै जसो ठाउँमा रोपाई सकिएको छैन तर यहाँका किसानलाई भने बिभिन्न सहकारि संस्था र कृषि ज्ञान केन्द्रले सुलभ मुल्यमा मल उपलब्ध गराइदिएकाले सहज भएको किसानहरु बताउँछन । पहिले गोरुले जोत्ने खेतमा अहिले ट्याक्टर प्रयोग गर्दा लागत खर्च कम उठेको र छिटो छरितो तरिकाले काम गर्न सहज भएको उनिहरुको भनाइ छ ।

