- Loading...
आज १८ औं राष्ट्रिय धान दिवस, विज्ञ भन्छन्– कृषिमा आधुनिकीकरण नहुदाँ धान उत्पादनमा वृद्वि हुन सकेन
- कृषि टि.भी.
- २ साल अघि
- १८१ पटक पढिएको


आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसानको मनोवल उच्च राखी उनीहरुको श्रमको सम्मान गर्ने उदेश्यले हरेक वर्ष असार १५ लाई धान दिवसको रुपमा मनाइन्छ । आज देशका धेरै ठाउँमा रोपाई गरी ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका सहति धान दिवस मनाइएको छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिने गरिन्छ । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो । आर्थिक वर्ष २०७७ ÷ ७८ को सरकारी तथ्याङ्क अनुसार १४ लाख ७३ हजार हेक्टर जमिनमा धान उत्पादन गरिएकोमा ५६ लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको धान विज्ञ भोलामान सिंह बस्नेतले बताए ।

सरकारले आजको दिनलाई धान दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधि आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन सकेको छैन । असारको महिना मानो रोपेर मुरी फलाउने समय हो । तर किसानले समयमै मल , विउ र आकाशे पानीको भरमा खेती गर्दा धान उत्पादनमा ह्रास आएको हो । कृषि प्रधान देश नेपालमा यस आर्थिक वर्षमा मात्र ४८ अर्वको धान आयात भएको छ । परम्परागत पद्धतिबाट किसानले धान उत्पादन गर्दै आएको र कृषिमा आधुनिकीकरण हुन नसक्नु नै नेपालको कृषि क्षेत्रको प्रमुख समस्या भएको बस्नेतको भनाई छ । किसानले समस्या नै समस्या झैल्दै खेती गरिरहेको र युवा जनशक्ति विदेश र सहरी क्षेत्रमा केन्द्रित हुन थालेपछि ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन बाझो बसेको कारणले धानको उत्पादन घट्दै गएको र माग बढ्दै गएको उनीले बताए ।
किसानले लगाएको धानमा असिना , हावाहुरी जस्ता प्राकृतिक प्रकोपले वर्षे नै ठूलो क्षति हुदै आएको छ । जसले गर्दा धान उत्पादनमा कमी आउँने गरेको छ । किसानले सचेत भएर प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न कृषि विमा गर्न बस्नेतले किसानलाई आग्रह गरेका छन् । बाढी , ढुवान र खडेरी दुवै सहन सक्ने धान बहुगोडी १ र बहुगोडी २ को उत्पादनमा जोड दिएमा किसानले आर्थिक लाभ लिन सक्ने उनको भनाई छ । पछिल्लो समय वर्खे धान मात्र नभएर किसान चैते धानको उत्पादनमा पनि आर्कषित देखिन थालेका छन् । र, नेपालमा चैते, वर्षे , घैया, भदैया र हिउँदेधानको किसानले खेती गर्दै आएका छन ।।

