- Loading...
देशभर २७ प्रतिशत धान रोपाईं सकियो
- कृषि टि.भी.
- २ साल अघि
- ३५ पटक पढिएको

|Rf}t] wfg /f]Kb} gu/ pkk|d'v cfrfo{ /fdk'/, @! r}t M r}t] wfg ks]6 If]q /fdk'/ gu/kflnsf–$ l:yt tNnf] a8dfg v]tdf gu/ pkk|d'v lji0f'b]jL l3ld/] cfrfo{, s[lif zfvf k|d'v /fdxl/ kf08]o s[ifs;Fu ;fd"lxs wfg /f]Kb} . t:jL/ M ;'zLnf /]UdL÷/f;;

देशभर २७ प्रतिशत धान रोपाईं सकिएको छ । असार १५ गते सम्ममा देशभर देशभर २७ दशमलब १२ प्रतिशत भूभागमा धान रोपाई भएको छ । जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । कृषि विभागका अनुसार देशभर झण्डै तीन लाख ७१ हजार ९ सय ५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्ष यो अवधिमा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो । सयममै मनसुन सुरु भएकाले देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको विभागको दाबी छ । देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागले जनाएको छ । कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० प्रतिशत क्षेत्रधफलमा मात्रै रोपाइँ सकिएको छ । त्यस्तै, प्रदेश एकमा १७ दशमलब नौ नौ प्रतिशत, बाग्मती प्रदेशमा २१ दशमलब ७ प्रतिशत , गण्डकी प्रदेशमा १५ दशमलब तीन चार प्रतिशत, सुदुरपश्चिम प्रदेश ४८ दशमलब तीन १ प्रतिशतमा धान रोपाइँ भएको छ ।।


