FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धान दिवसको अवसरमा बर्दियाका दुईजना उत्कृष्ट कृषकलाई सम्मान

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३० पटक पढिएको
    धान दिवसको अवसरमा बर्दियाका दुईजना उत्कृष्ट कृषकलाई सम्मान

    एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको आयोजना बढैयाताल गाँउपालिका –८ पशुपति बजारमा पशुपति कृषक समुह र किसान टु परियोजना द्धारा “ धान उत्पादनमा वृद्धि ,खाद्यसुरक्षा , आत्मनिर्भरता र संम्वृद्धि” भन्ने मुल नाराका साथ १८औं राष्ट्रिय धान दिवस मनाइएको छ । कार्यक्रममा दुइजना उत्कृष्ट कृषकहरुलाई सम्मान गरीएको थियो । आयोजनाले रोप्नको लागि किसानहरुलाइ मसिनो धान दिएकोमा उनीहरुले थप कृषिकर्म गर्न हौसला मिल्ने बताएका छन् ।

    लुम्बिनी प्रदेशका सभासद कबिराम थारुले धानमा, दुधमा, मासुमा अनुदान पाएपछि कृषि क्षेत्र विस्तारै आत्मनिर्भरता हुने बताउनुभयो ।

    एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलयका प्रमुख विनोद घिमिरेले खाद्य सुरक्षामा टेवा पु¥याउने कृषकहरुलाई आभार व्यक्त गर्नुभयो ।

    धान दिवसको अवसरमा ४ जातको धानरोपिएको थियो । १० हेक्टरमा मसिनो धान प्रवद्धन र ३ कठामा डेमो गरीएको छ ।

    ४ लाख २६ हजार ९ सय ४६ जनसख्या रहेको बर्दिया जिल्लामा धान उत्पादन ५० हजार हेक्टर क्षेत्रफलमा हुदै आएको छ । ७० प्रतिशत भुभाग सिंचित रहेको बर्दियामा वार्षिक २ लाख २६ हजार क्वीनटल धान उत्पादन हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित