FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मेसिनको प्रयोग गर्दै बाँकेमा मनाइयो धान दिवस

    • कृषि टि.भी.
    • १ साल अघि
    • २१ पटक पढिएको
    मेसिनको प्रयोग गर्दै बाँकेमा मनाइयो धान दिवस

    राष्ट्रिय धान दिवस लुम्बिनि प्रदेशको बाँकेमा भाव्यताका साथ मनाइएको छ । १८ औ राष्ट्रिय दान दिवसको अवसरमा लुम्बिनि प्रदेशेका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलाय, कृषि ज्ञान केन्द्र बाँके र जानकी गाँउपालिकाको सहकार्यमा धान दिवस तथा धान रोपाई महोत्सव मनाइएको हो ।

    लुम्बिनि प्रदेशको जानकी गाँउपालिकाको कर्मोहनामा १८ औ राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसको अवसर पारेर बाँकेमा पहिलो पटक अत्याधुनिक धान रोपाई गर्ने मेसिन प्रयोग गरेर धान रापाई पनि गरीएको छ । आयोजित कार्यक्रममा बोल्दै लुम्बिनि प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि विजय बहादुर यादवले कृषिमा करोडौ लगानी गरेपनि कृषि क्षेत्र मौसमको कारणले उकास्न नसकिएको बताउनुभयो । किसानाहरुलाई सजिलै मल विउ र सिचाँई उपलब्ध नभएसम्म कृषि क्षेत्र पछि पर्ने उहाँको भनाई छ । किसानले उत्पादन गरेको खद्यान्न बिचौलियाहरुले खाई दिने र किसानहरुले पाउनु पर्ने मुल्य किसानहरु कृषि पेशाबाट पलायन हुनुपर्ने अवस्था विद्यमान रहेको मन्त्रीको भनाई थियो ।

    बाँकेमा अहिले सम्म ४५ प्रतिशत खेतहरुमा धान रोपाई भैसकेको छ । सिक्टा नहर र प्रबिधि मैत्री बन्दै गएको कारणले बाँकेमा धान रोपाईमा समस्या नभएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनु भयो । नेपालमै धानको बिउ उत्पादन गर्न सके किसानहरुलाई थप राहत हुने उहाँको भनाई छ ।

    सरकारले किसानहरुलाई मल र विउ, आवश्यक पर्ने औजारको व्यवस्थामा अनुदान दिनुपर्ने किसानहरुको माग छ ।

    सरकारले कृषि उपादनमा करोडौ लगानी गरेपनि वास्तविक किसानले सरकारको सहयोग पाएका छैनन् । अनुदान विचौलिया किसानहरुले कुम्ल्याई रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित