FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसानको गुनासोः किसानका समस्यामा सरकारको सधै वेवास्ता

    • कृषि टि.भी.
    • १ साल अघि
    • २४ पटक पढिएको
    किसानको गुनासोः किसानका समस्यामा सरकारको सधै वेवास्ता

    मोरंगको सुन्दरहरैंचामा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । राधेश्याम सेवा ट्रस्ट नयाँ बृद्धाबन गौशालाको आयोजना धान दिवस मनाइएको हो । राधेश्याम सेवा ट्रस्टका संरक्षक दिनबन्धु शास्त्रीले नेपालका अधिकांश किसान कृषिमा आत्मनिर्भर रहे पनि मानो रोपेर मुरी फलाएर सन्तुष्ट लिने र आसर १५ लाई संस्कारको पर्वको रुपमा मनाइएको बताए ।

    हरेक बर्ष किसानको मनोबल बढाउन सरकारले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएपनि किसानको समस्यामा समाधानमा भने ध्यान नदिएको गुनासो किसाहरुको छ ।

    सुन्दरहरैंचा नगरपालिका कृषि शाखा प्राबिधिकले नेपालमा ४८ अर्ब २८ लाख धानको बिउँ आयात भएको बताए ।

    नेपाललाई कृषिप्रधान देशको रुपमा चिनिएपनि चामलमा आत्मनिर्भर बन्न सकेको छैन । बिज्ञहरुका अनुसार नेपाललाई वार्षिक १० लाख टन चामल अपुग हुन्छ । धान नेपालीको संस्कार र संस्कृतिसँग जोडिएको भए पनि उत्पादन अनुपात घटेर आयात बढेको अवस्था छ । यद्यपि सरकारले नेपालीहरूको मुख्य खाद्यान्नका रुपमा प्रयोग हुँदै आएको धान चामलमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आएपनि ब्यबहारिक लागु भने भएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित