- Loading...
लोगो सहित ब्राण्डिङ गरे पछि नेपालको चिया विस्व बजारमा उत्क्रीष्ट ठहरिदै । देशैभर चिया खेतीको विस्तार र बजारीकरण हुने ।
- कृषि टि.भी.
- १ साल अघि
- ४० पटक पढिएको


जे वि शाह ।

लोगो सहित ब्राण्डिङ गरे पछि नेपालको चिया विस्व बजारमा उत्क्रीष्ट ठहरिदै । देशैभर चिया खेतीको विस्तार र बजारीकरण हुने ।
कृषि क्षेत्रले बाषिक अर्बौको व्यापार घाटा व्यहोरीरहेको छ तर नेपाली चिया क्षेत्रभने आत्मनिर्भर भइ निर्यात गरि वैदेशिक मुद्रा आर्जन गर्दै आएको छ । विक्रम सम्वत १९२० सालमा कर्णेल गजराज सिंह थापाले चिनबाट उपहार स्वरुप प्राप्त गरेको चियाको विरुवा इलाममा ल्याइ रोपेपछि सुरुभएको नेपाली चियाको इतिहास २०५० सालमा सरकारले राष्टिय चिया तथा कफि विकास बोर्डको स्थापना र २०५७ सालमा राष्टिय चिया निति ल्याए सगै चिया खेतिको व्यावसायिक विस्तार र अन्तराष्टिय बजारमा निर्यात मुखि व्यावसाय बन्दै आएको छ । विश्व बजारमा वार्षिक रुपमा चियाको अत्यधिक माग भैरहेकोमा नेपालबाट बार्षिक झण्डै १६ हजार मेट्र्कि टन चिया वाह््य मुलुकमा निर्यात भैरहेको छ ।
गत वर्ष कोरोना माहामारीका कारण विश्व बजार लकडाउन भैरहदा विश्व भरको चिया क्षेत्र बन्द थियो यसै समयलाइ राष्टिय चिया तथा कफि विकास बोर्डले अवसरको रुपमा लिदै नेपालको चिया क्षेत्रलाइ खुला गरयो र विदेशी बजारमा महंगो मुल्यमा निर्यात गर्न सफल रह्यो । २०७७ साल भदोमा बोर्डले ब्रान्डिङ गर्दै नेपाली चियाका लागी लोगो पनि प्रदान गर्न सफल भयो जुन नेपाली चियालाइ विश्व बजारमा चिनाउने कार्य सफल भएको मान्न सकिन्छ । अहिले सम्म नेपालमा उत्पादन हुने चिया भारत मार्फत बेच्ने गरिएको हुदा दार्जिलिङ चियाको नामले विस्वबजारमा जाने गरेको हुदा हाम्रो उत्पादनले अहिले सम्म वास्तविक परीचय पाउन सकेको थिएन ब्रान्डिङ गरि आफै बेच्न थाले पछि नेपालको चिया दार्जिलिङको भन्दा गणस्तरीय रहेको प्रतिक्रीया आउन थालेको राष्टिय चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डा, विष्णु प्रसाद भटराइले बताउनु भयो।
बजार माग र उत्पादनको सम्भावना अत्यधिक भए पनि सरकारले चिया खेतीको सम्भाब्यता अध्ययन गरि विस्तार गर्न अझै सकिरहेको छैन्ाँ । हाल प्रदेश न १ का झापा , इलाम , पाचथर , धनकुटा ,तेह्रथुम , त्यसै गरि बाग्मती प्रदेशका दोलखा , रामेछाप , सिन्धुपाल्चोक, ललितपुर । गण्डकीप्रदेशका कास्कि र लमजुङ , प्रदेश ५ को प्यठानमा समेत चिया खेति विस्तारका लागी कार्यक्रम सन्चालन गरिरहेको छ । जसबाट बाषिक २ करोड ४८ लाख किलो चिया उत्पादन हुनेगरेको छ । हाल ठुला तथा मझौला गरि ६३ चिया प्रशोधन केन्द्र र १०० भन्दा बढी लघु चिया प्रशोधन केन्द्र सन्चालनमा छन भने ६० हजार श्रमिकले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन ।
बजार माग र उत्पादनका लागी चियाको एकदमै राम्रो सम्भावना रहेको हुदा अहिले यस्को उत्पादन क्षेमता बृदि गर्न सम्भाव्यता अध्ययन भैरहेको छ । बजारको ठुलो हिस्सा नीजि क्षेत्रलेनै धानीरहेको हुनाले किसानहरुलाइ यस क्षेत्रमा आकर्षित गर्न तिनै तहका सरकारले विशेष योजना बनाइ किसानहरुलाइ चिया उत्पादनका लागी प्रोत्साहन गर्ने गरी कार्यक्रम सन्चालन गर्न सके अर्थतन्त्रामा ठुलोयोगदान पु¥याउन सकिने हुदा देसैभरका सम्भावना रहेका ठाउमा क्षेत्र विस्तारका लागी प्रारम्भिक अध्ययन भैरहेको छ ।
क्षेत्र विस्तार सगै गुणस्तर कायम राख्न र चियाका प्रकार बृदि गर्न तर्फ अब विषेश ध्यान दिन जरुरी रहेको हुदा बोर्डले अबका दिनमा यी काम गर्न लागेको छ । प्रविधि र प्राविधिक को उपलब्धता बढाउन टि टेक्नोलोजी सम्बन्धि उच्च मा वि तहमा अध्यापन गराउनु पर्ने सुभाव पनि बोर्डका कार्यकारी निर्देशक भटटराइले दिनु भएको छ । विदेशमात्र होइन नेपाल भित्रै पनि चियाको बजारीकरण गर्नु पर्ने हुदा खासगरी अर्थोडक्स चिया लाइ अहिले देशका मुख्य सहरबाहेकका मान्छेले यो चियाको उपभोग नगरेको हुदा अब सातैप्रदेशमा यस्को प्रमोसन सेन्टर राखेर बजारीकरण गर्न लागीएको र खेती प्रबर्दनका लागी पनि सगसगै अध्ययन भैरहेको छ । साथै कफीमा भने हामी आत्मनिर्भर सम्म हरन सकेका छैनौ त्यसैले कफी खेती विस्तारका लागी पनि भारतबाट नेपालको हावापानी सुहाउने १० जातका कफीका विरुवा ल्याउन लागीएको र आगामी दिनमा चिया तथा कफीको विस्तार संगसँगै गरिने निर्देशक भटटराइले भन्नु भयो । अहिले सम्म यो क्षेत्रमा सम्भाव्यता अनुरुप खासै प्रगती नहुनुमा केहि प्रकृयागत ,कार्यगत समस्या रहे पनि मुख्य रुपमा ऐन संसोधनको आवस्यकता देखिएको र यो ऐन संसोधन गर्न अहिले बोर्ड मार्फत आफ्नै अध्यक्षतामा समिती गठन भैसकेको र अब संसोधनको काम पनि अगाडी बढ.्न लागेको उहाले जानकारी दिनु भएको छ ।

