FLASH NEWS
- Loading...
चार उद्योगमाथि कारबाही
- कृषि टि.भी.
- २ साल अघि
- ३० पटक पढिएको


धादिङ जिल्लाका चार दुग्ध उद्योगलाई कारबाही गरिएको छ । उद्योगको उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएपछि कारबाही गरेको हो । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले विभिन्न चार दुग्ध उद्योगको अनुगमन गरी पशुपति दुग्ध उद्योगलाई १० हजार, एन के दुग्ध उद्योगलाई १५ हजार, महांकाल दुग्ध उद्योगलाई १० हजार र खनाल दुग्ध उद्योगलाई १५ हजार जरिवाना गरेको छ ।


प्रतिक्रिया दिनुहोस
