FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दियाका किसानर्ला ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

    • कृषि टि.भी.
    • १ साल अघि
    • ६९ पटक पढिएको
    बर्दियाका किसानर्ला ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

    शिवा शार्मा, बर्दिया । प्रधानमन्त्री आधुनिकीकरण परियोजान अन्र्तगत एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाको आर्थिक सहयोग र श्री एैचो पैचो कृषि सहकारी संस्था लि. को साझेदारीमा भैसी ब्लक विकास कार्यक्रम अन्र्तगत पशुपालक कृषकहरुलाई सामान वितरण गरिएको छ । भैसी ब्लक विकास कार्यम्रममा छनोट भएका २ सय ३४ घर धुरीका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर, काउमेट, दुध दुने बाल्टी, दुध क्यान, मिल्किएन लाईजर, प्रेसर किल्नर, मोटर, घाँसको बिउ र पशु औषधी लगायत ३१ वटा सामानहरु वितरण गरेको छ अनुदानमा सामग्री पएपछि किसानहरु दङ्ग छन् ।

    ५० प्रतिशत अनुदानका १ करोड ३५ लाख ३७ हजार ५ सय बराबर समाग्री किसानहरुलाई आयोजनाले वितरण गरेको हो । वडा न. २, ३, ४ र ८ लाई ब्लकको रुपमा विकास गरेको आयोजनाले २ वर्ष पछी बासगढी नगरपालिकाका सबै वडालाई भैसी जोनको रुपमा विकास गर्ने जनाएको छ । भैसी ब्लक बनाउने एैचो पैचो सहकारी संस्थाको योजनामा बासगढी नगरपालिकाले पनि समन्वय गरी अघि बढेको छ । आयोजना सञ्चालन भएपछि यान्त्रिकिरणको प्रयोगमा कृषकहरु आकर्षित भएका छन् भने किसानहरुलाई आवश्यक सहयोग एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरियाले गर्दै आएको छ । बर्दिया जिल्लामा २ सय ३४ वटा भकारो सुधारका कार्यक्रम, नश्ल सुधार स्थापनाका कार्यक्रम, दाना मिल कार्यक्रम र घाँसको सा्रेत केन्द्र स्थापनाको कार्यक्रम पनि सञ्चालन गर्ने तयारी परियोजनाको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित