FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बीरगञ्जको भेडाहा खोलामा आएको बाढीले सयौ बिगाहामा लगाइएको धान बाली डुबायो, किसान चिन्तित

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    बीरगञ्जको भेडाहा खोलामा आएको बाढीले सयौ बिगाहामा लगाइएको धान बाली डुबायो, किसान चिन्तित

    राम मण्डल, बीरग्ञ्ज । बुधबार बिहान परेको पानीसँगै खोलामा आएको बाढीले बीरगञ्ज महानगरपालिको ग्रामीण भेग डुबानमा परेको छ । भेडाहा खोलामा आएको बाढीले महानगरपालिकाको वडा नम्बर ३० लालपर्सा, प्रसोतीपुर, वडा नम्बर ३१ बेल्वा टोलमा किसानहरुले लगाएको सयौ बिगाहाको धान बाली पनि डुबाएको छ । बाँध फुटेर बाढी किसानहरुको खेतमा पसेपछि बाली डुबानमा परेको किसानहरुले बताएका छन । बाढीले आफनो मात्रै २ बिगाहा भन्दा बढी धान बाली डुबाएको र यसले हजारौ भन्दा बढी बिगाहाको बाली नष्ट गर्ने प्रसोतीपुर टोलका किसान उसा अन्सारी बताउँछन् ।

    भेडाहा खोलामा आउने बाढीले बर्षैनी महानगरको ग्रामीण क्षेत्रका जनताहरु पिडित बन्दै आएका छन् । खोलामा माटोको बाँध बनाइएको छ । समान्य बर्षामै आउने बाढीले बाँध भत्काई दिन्छ । हरेक बर्ष बाढीको प्रभावमा पर्दे आएका स्थानीयले पक्की बाध बनाउँन माग गर्दै आएका छन् । तर, महानगरपालिकाले भने लाखौ खर्च गरेर माटो मात्रै पुरेर देखावटी काम गर्दै आएको छ । किसान सेराज अन्सारी खोलामा पक्की बाँध बनाउनुपर्ने माग गर्दै महानगरले बर्षेनी झारो टार्नै काम बन्द गर्नु पर्ने बताउँछन । उनले जिम्मेवार निकायलाई देखावटी काम नगर्न समेत आग्रह गरेका छन् ।

    बीरगञ्ज महानगरपालिकाका जनताहरु बर्षैनी भेडाहा खोलामा आउने बाढीबाट प्रभावित बन्दै आएका छन् । उनीहरुले पटक पटक पक्की बाँध निर्माण गर्न महानर समक्ष अनुरोध गर्दे आएपनि महानगरले वेवास्ता गर्दै आएको छ । बाँध निर्मणाका नाममा बर्षेनी लाखौं बजेट सकाएर कच्चीबाध बनाउँनुभन्दा जोखिम भएको स्थानमा पक्की बाँध निर्माण गर्न महानगरको ध्यान जाओस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित