FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पाल्पामा ५० प्रतिशत रोपाइँ सकियो

    • कृषि टि.भी.
    • १ साल अघि
    • १३ पटक पढिएको
    पाल्पामा ५० प्रतिशत रोपाइँ सकियो

    पाल्पामा ५० प्रतिशत रोपाइँ सकिएको छ । मनसुन छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्रयाक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको समय शहर पसेका युवा गाउँमै हुँदा रोपाइँ छिटो भएकोे कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । जिल्लाको तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, पूर्वखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रोपाइँ भएको केन्द्रले जनाएको छ । जिल्लाकै बढी धान उत्पादन हुने क्षेत्रका रूपमा पहिचान बनाएको माडीफाँटमा करिब ७० प्रतिशत धान रोपाइँ भएको ज्ञान केन्द्रले जनाएको छ । पाल्पाको रामपुरमा भने केही ठाउँमा मात्रै रोपाइँ थालिएको छ । जिल्लाको माडीफाँट, अर्गलीफाँट, रामपुरफाँट, हेक्लाङफाँट र दोभानलगायतका फाँटमा बढी धान उत्पादन हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित