- Loading...
राप्ती सोनारी गाउँपालिकाका किसान बोयर बाख्रा पालनमा आकर्षित
- कृषि टि.भी.
- १ साल अघि
- १६ पटक पढिएको


बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिकाको अधिकंस क्षेत्र वन जंगलले ढाकेको छ । घर छेउ वरीपरी वन जंगल भएका कारणले पनि राप्ती सोनारी गाँउपालिका २ का किसानहरु बाख्रा पालन तर्फ अकार्षित भएका छन् । बाख्रा पालन गर्नका लागि गाँउमै रहेको जननी समाजिक उद्यमी महिला सहकारी सस्थाले बित्रि वितरण तथा बाख्राहरुलाई चाहिने दाना उपलब्ध गराउदै आएको छ । भने, सहकारीका सबै सदस्याहरुले बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन् । पहिला किसानहरुले सहकारीलाई र सहरकारीले व्यपारीहरुलाई बिक्रि गर्दा बिचौलियाले नाफा खाइदिने र धेरै समय लाग्दा किसानहरुले घाटा व्यहोर्दे आएका थिए । तर नेपाल घरेलु तथा साना उद्योग महासघं बाँके शाखाले गत बर्ष देखि केयर नेपालको आर्थिक सहयोगमा कृषि पथ मोबाइल एप सञ्चालनमा ल्याएपछि किसानहरुलाई मात्र नभएर सहकारीहरलाई पनि सहज भएको छ । कम समय र बिचौलियाहरुलाई छल्दै जननी समाजिक उद्यामी महिला सहकारी सस्थाले एपबाटै १ करोडको बाख्रा बिक्रि गरेको छ ।

सोही गाँउका भद्रविर रोकले करिब २ दशक देखि बाख्रा पालन गर्दै आएका छन् । उनले बर्षिक ५ देखि ६ लाखको बाख्रा बिक्रि थर्छन् । उनलाई बाख्राको खोर निर्माणका लागि भेटेनरी अस्पताल तथा विज्ञा केन्द्र नेपालगन्जले ५० प्रतिशत अनुदान दिएको थियो । उनका छोराले पनि आफ्नो छुट्टै फार्म दर्ता गराएर बाख्रा पालन गरी रहेका छन् ।
गाँउका मानिसहरुले बाख्रा पालनबाट राम्रो अम्दानी गर्न थालेपछि विगत लामो समय देखि राप्ती सोनारीमा बसोबास गर्दै आएकी दिल कुमारी शर्माले पनि बाख्रा पालन शुरु गरेकी छिन उनी सँग अहिले एउटा बोयर बोका र लोकल जातका ३० बढी पाठा पाठि छन् ।
राप्ती सोनारीका धेरै सहकारीहरुले कृषकहरु सँग साझेदारी गरेर काम गरि रहेका छन् । किसानहरुले उत्पादन गरेका खद्यान्न तथा बाख्रा, खुकुरा लगातका खरिद बिक्रि तथा वितरण गर्दे आएका छन् । कृषि पथ मोबाइल एप जस्तै किसानहरुले उत्पादन गरेका बस्तु सजिलै बिक्रि वितरण गर्ने सहज वातावरण सरकारले बनाइदिए विचौलियाको अत्य हुने छ ।

