- Loading...
गाँजा खेतीकालागी प्रदेश सरकार सकारात्मक ।वैधताकालागी संघिय सरकारसँग पहल गर्ने ।
- कृषि टि.भी.
- १ साल अघि
- २९ पटक पढिएको

सुदुरपश्चिम प्रदेश सरकारले आफ््नै लोगो सहित कृषि उपज बजारिकरण गर्न सफल भएको छ ।
पहाडी जिल्लामा राम्रो् उत्पादन हुने गाँजा खेतीको वैधताकालागी संघिय सरकार सँग पहल गर्ने काममा प्रदे्श सरकार सकारात्मक छ।
(प्रदेश कृषि मन्त्रि विनिता चौधरी )


सुदुरपश्चिम सरकारले विगतका बर्षहरुमा भन्दा यसवर्ष कृषि क्षेत्रमा बजेट घटाएर ल्याएको छ । यसोहुनुको कारण देखाउदै कहृषि मन्त्री विनिता चौधरी भन्नुहुन्छ ः ( सुदुर पश्चिमको समग्र बजेटको आकार नै घटेको छ । स्वास्थ्य , भौतीक पुर्वाधार जस्ता क्षेत्रहरु पनि अहिलेको समयमा प्रार्थमिकतामा राख्नु पर्ने भएकाले कृषि क्षेत्रलाइ समानुपातीक रुपमा बजेट छुट्टयाउदा बजेटको आकार गतबर्षको भन्दा घटेको हो ) ।
बजेट बढाउन नसकिए पनि कृषिमा कार्यक्रम तथा कार्यसैलीलाइ प्रभावकारी बनाउदै उत्पादनलाइ जोड दिन सुदुरपिश्चिमका हरेक स्थानिय तहमा हावापानी र उत्पादकत्वको उचित अध्ययन गरी किसानहरुलाइ उत्पादनमा सघाउने गरी मुख्य मन्त्रि एकिकृत कृषि कार्यक्रम लाइ प्रभावकारी बनाइने प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि विनिता चौधरिले बताउनु भएको छ ।
मन्त्री चौधरीका अनुसार बिगतका बर्षहरुमा सुदुर पश्चिमको कृषि क्षेत्रमा धेरैनै समस्या र चुनौुतीहरु रहेकामा अहिले ती समस्या क्रमसः कमहुदै गएको र कृषिमा सुदुर पश्चिम प्रदेश आत्मनिर्भर हुने बाटोेमा छ । विगतमा विउविजनको समस्या किसानहरुले निकै भोग्ने गरेको हँदा समस्या समाधानका लागी किसानलाइ सघाउदै, स्वयं कृषि मन्त्रालय आफैले पनि कन्चनपुरको पुनर्वास नगरपालीका आवास कम्पनीको खालीरहेको ७४ बिघा जमिन लिजमा लिइ विभिन्न विउ विजन उत्पादन गर्दै आएको छ । त्यसैगरि डडेल्धुरा लगाएत अन्य क्षेत्रमा पनि विउ विजन उत्पादन गर्ने किसानलाइ प्रार्थमिकता दिदै आएको हुदा प्रदेश अहिले विउमा पुर्णरुपमा आत्म निर्भ हुदै नियार्त समेत गरिरहेको छ ।
त्यसैगरी सुदुरपश्चिमका नौवटै जिल्लामा सितभण्डार स्थापना गरि सन्चालनमा ल्याउने गरि काम भैरहेको र किसानलाइ सुन्तला ,स्याउ ,मह , विभिन्न फलफुल लगाएत मसलावाली, दलहनवाली जस्ता उत्पादनलाइ जोडदिदै आएकोमा ति उत्पादनमा बजारकोे समस्या हुन नदिन सुदुरपश्चिम प्रदेश सरकारले आफ््नै लोगो सहित बाहिर बजारिकरण गर्न सफल भएको मन्त्री चौधरीले जानकारी दिनुभएको छ ।
आगामी दिनमा अदुवा , स्याउ, ओुखर जस्ता निर्यातमुखि फलफुल लगाएत जडिबुटी उत्पादनको राम्रो सम्भावना रहेका सबैवालीको उत्पादन बृदि तथा वाह्य निर्यातको सम्भावना छ । उत्पादनमा जोड दिने र बजारको उचित व्यवथापनमा सरकारले विषेश ध्यानदिदै योजना अघि सारेको जनाएको छ ।
प्रदेश संसदमा उठेको गाँजा खेती वैधताका विषयमा बोल्दै मन्त्रि विनिता चौधरी भन्नुहुन्छ ः (पहाडी जिल्लामा राम्रो् उत्पादन हुने गाँजा खेतीको वैधताकालागी संघिय सरकार सँग पहल गर्ने काममा प्रदे्श सरकार सकारात्मक छ । यदि संघिय सरकारबाट पनि सकारात्मक सहयोग मिले छिटै गाँजाको उत्पादनलाइ जोड दिदै यस्मा आधारित अन्य घरेलु तथा साना उद्योग सहित सन्चालनमा ल्याइ विक्रि वितरणका लागी बजारको प्रबन्ध समेत गरिने छ । त्यसकालागी सुदुरपश्चिम सरकार अहिले छलफल गरिरहेको छ । ) प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि विनिता चौधरिले कृषि टेलिभिजनको कार्यक्रम कृषि संवादमा कुराकानी गर्दै उक्त जानकारी दिनु भएको हो ।
सुदुरपश्चिम प्रदेश समग्रमा भौगोलिक विविधता भएको प्रदेश हो, तराई देखि हिमाली भेग सम्म समेटिएको यो प्रदेशमा तर्राका दुइ जिल्ला कैलाली र कन्चनपुर खाद्यान्नकालागी उर्वर भुमी मानिन्छन् , पहाडी जील्लामा अदुवा, वेसार, टिमुर लगाएतका मसलावाली, दलहनवाली, विभिन्न फलफुल तथा तरकारी र पशुपंक्षि पालनका हिसावले उपयुक्त मानिन्छ भने हिमाली भेगसमेटीएका दार्चुला, बझाङ, बाजुरा जिल्लामा पनि स्याउ , ओखर जस्ता फलफुल लगाएत दलहनवाली, मसलावाली र कोदो अत्यधिक उत्पादन हुने गर्दछ । याहा उत्पादन हुने अर्गानिक कृषि उपजले समयमा उपयुक्त मुल्य सहित बजार पाउन नसक्ने समस्याले गर्दा यस क्षेत्रका किसानहरु उत्पादन बृदि गर्न र कृषि क्षेत्रमा व्यावसायीक बन्न नसकेको देखिन्छ । किसान र कृषि क्षेत्रका यी समस्या समाधान गरी कृषि मन्त्रालयका कार्यक्रम प्रभावकारी बनाउन तिनै तहका सरकारले र कृषि विभाग मातहतका सम्पुर्ण कार्यक्रममा अध्ययन, अनुसन्धान र अनुगमनको पाटोलाइ प्रभावकारी बनाउदै किसानहरुसँग सहकार्य गर्नुपर्ने देखिन्छ ।
जे वि शाह ।

