
FLASH NEWS
- Loading...
पहिराले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरे
- कृषि टि.भी.
- १ साल अघि
- १९ पटक पढिएको


अविरल वर्षाको कारण तनहुँका विभिन्न स्थानमा क्षति पुगेको छ । गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् । वर्षाकै कारण ढोरफिर्दीको झण्डै एक हजार दुई सय रोपनी खेतमा पसेको बाढीले धानबाली नष्ट गरेको छ । केही दिनदेखिको निरन्तरको वर्षापछि बाराही खोलामा आएका बाढीले बालुवा र हिलो खेतमा पुर्याएपछि भर्खरै लगाएको धानसहित खेत पुरिएको हो ।।


प्रतिक्रिया दिनुहोस
