FLASH NEWS
- Loading...
विपन्न परिवार लाई निःशुल्क बाख्रा वितरण
- कृषि टि.भी.
- २ साल अघि
- ३७ पटक पढिएको


बुटवल उपमहानगरपाकिाले वडाका विपन्न परिवार लाई निःशुल्क बाख्रा वितरण गरेको छ । व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न बाख्रा वितरण गरेको हो । विपन्न समुदायलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले प्रतिपरिवार ५ वटा बाख्रा र त्यसका लागि खोर बनाउन प्रतिपरिवार १५ हजारका दरले उपलव्ध गराएको छ । उपमहानगरको चालू आवको कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकारको सहकार्यमा साना किसानलाई बाख्रापालन गर्ने र त्यसलाई व्यावसायिक बनाउन टेवा पुग्नुका साथै किसानमा हौसला बढ्ने नगरपालिकाको विश्वास छ । निःशुल्क बाख्रा र पालनका लागि खोर बनाउन समेत रकम पाएपछि किसानहरु खुसी छन् ।


प्रतिक्रिया दिनुहोस
