- Loading...
बासमती धानको व्यावसायिक खेती शुरु
- कृषि टि.भी.
- १ साल अघि
- १७ पटक पढिएको


राष्ट्रिय खाद्य बैंक कम्पनीले देशका विभिन्न जिल्लामा बासमती धानको व्यावसायिक खेती शुरु गरेको छ । स्वादिस्ट बासमती चामललाई संरक्षण गर्ने उदेश्यले राष्ट्रिय खाद्य बैंक कम्पनीले बासमती धानको व्यावसायिक खेती सुरु गरेको हो । झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिगाहा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्ने अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती शुरु गरेको छ । प्रतिबिगाहा जमिन वार्षिक ३५ हजारका दरले भाडामा लिएको हो । आगामी वर्षदेखि झापामै सयौ बिगाहामा बासमाती धानको खेती विस्तार गर्ने योजना रहेको उप्रेतिले बताए । गौरादहमा कालो नुनिया, हुलास बासमती, हाइव्रिड कालो नुनिया र रैथाने बासमतीको विऊ रोपिएको छ । धान मगमग बासना धेरै आउने हुँदा किराहरु बढी लाग्ने र उत्पादकत्व घट्ने हुँदा व्यावसायिक किसानले यसको खेती गर्दैनन् ।।


