FLASH NEWS
- Loading...
किसानको बक्यौता भुक्तानी गर्न डीडीसीलाई २० करोड सहुलियत ऋण उपलब्ध
- कृषि टि.भी.
- १ साल अघि
- २१ पटक पढिएको


किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारले दुग्ध विकास संस्थान डीडीसीलाई २० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ । ५ प्रतिशत ब्याजमा १० वर्षका लागि २० करोड रुपियाँ ऋण दिएको हो । ठिठिसिले सरकारलाई वार्षिक दुई करोडका दरले सो रकम फिर्ता गर्नुपर्ने छ । लामो समयदेखि किसानलाई डिडिसिले भुक्तानी दिएको थिएन । कोरोना भाइरसका कारण दूध तथा दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई भुक्तानी दिन नसकिएको बताउँदै डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सरकारसँग सहुलियत ऋण मागेको थियो । तर, सो रकम पर्याप्त छैन । डिडिसिले किसानलाई ४५ करोड बक्यौत्ता दिन बाँकी छ । डिडिसिका अनुसार सरकारबाट प्राप्त रकम चैत १५ सम्मको बक्यौता तिर्न मात्र पुग्छ ।


प्रतिक्रिया दिनुहोस
