FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पकेट क्षेत्रका किसानलाई कृषि सामाग्री वितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    पकेट क्षेत्रका किसानलाई कृषि सामाग्री वितरण

    मोरङको बेलबारी नगरपालिकाले कृषी पकेट क्षेत्रका किसानहरुलाई कृषि सामाग्री वितरण गरेको छ । पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा सामाग्रि वितरण गरेको हो । सो कार्यक्रम अन्तरगत वडा नम्बर ५ मा धानवालि पकेट क्षेत्र, ८ नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बगुर पकेट क्षेत्रका रुपमा बिकास भइरहेको कृषि बिकास शाखाले जनाएको छ । शाखा प्रमुख विनोद दाहालका आुसार धान वालिका लागि ३० विगाहा र तरकारी खेतिका लागि ३० बिगाहा जमिन छुट्याइएको छ । बगुर पकेट क्षेत्रमा १ सय वटा बगुरका माउ बितरण गरीसकेको छ । त्यस्तै, धान पकेटक क्षेत्रमा आवश्यक पर्ने सिचाइका लागि बोरिङ, कुटोकोदालो, विउ, किट्नासक औषधी, स्प्रेमेसिन, मल, धान काट्ने मेसिन, धानसुकाउनका लागि त्रिपाल, बोरा, जोख्नका लागि तराजु लागयतका सामाग्रि नगरपालिकाले पकेट क्षेत्रका किसानलाई बितरण गरेको छ । यस्तै, तरकारी पकेट क्षेत्रका लागि मोटर, तरकारी टिप्नका लागि क्यारेट, मल, विउ, किट्नाशक औषधी, ठेलागाढि लगायतका सामाग्रि तरकारी पकेट क्षेत्रका किसानलाई बितरण गरीएको छ । बगुर पकेट क्षेत्रका लागि १ सय वटा बगुरका माउ बितरण गरेको छ भने ५० वटा पुराना खोरलाई मर्मत गरी आधुनिक बनाउनका साथै बगुरको खोर बाट निस्कने फोहोरको ब्यबस्थापन गर्नका लागि पानि तथा पाइपका ब्यबस्था गरीएको नगरपालिकाले जनाएको छ । पकेट क्षेत्रलाई जोनकारुपमा विकास गरेर लैजाने नगरपालिकाको योजना छ । नगरपालिकाले एक वडा एक उत्पादनको निति लिएर कृषिलाई पहिलो प्राथमिक्ता लिएको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित