FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ठाकुरबाबा नगरपालिका द्धारा कृषकहरुलाई मिनिटिलर वितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३४ पटक पढिएको
    ठाकुरबाबा नगरपालिका द्धारा कृषकहरुलाई मिनिटिलर वितरण

    शिवा शार्मा, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाका किसानलाई ३५ प्रतिशत र ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरीएको छ । ठाकुरबाबा नगरपालिकाको चालु आ.बा २०७७÷०७८को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषि यान्त्रिक सहयोग नगर तर्फको ३५ प्रतिशत अनुदान र प्रदेश तर्फको कोभिड विषेश साना कृषि औजार उपकरण सहयोग ५० प्रतिशत अनुदानमा ४९ वटा मिनिटिलर साना किसानहरुलाई वितरण गरेको हो । कृषि शाखाले अनुदानमा मिनिटिलर दिएपछि किसानहरु पनि खुसि छन् ।

    सानो मिनिटिलर पावर सहजै महिलाहरुलेपनि चलाउन सन्नेछन् । पुरुष नभएपनि सानो मिनिटिलरको प्रयोग गरी महिलाहरुले आफैले खेती गर्न सक्नेछन् । १० कठा देखी १ विघा जमिन आफै जोतेर खेती गर्न सक्ने, उत्पादनमा वृद्धि गर्न सक्ने संम्भावना भएकाले नगरपालिकाले यसलाई प्राथमिकता दिएको हो ।

    नगरपालिकाका किसानहरु मध्ये विशेष गरी तरकारी खेत गर्न इच्छुक किसानहरुलाई सामग्री वितरण गरीएको हो । ३५ प्रतिशत अनुदानमा १२ जना र प्रदेश तर्फ ५० प्रतिशत अनुदानमा ३७ जना किसान छन् ।

    कृषिलाई ब्यवसायिकिकरण, यान्त्रिकिकरण गर्न नगरपालिले किसानहलाई अनुदानमा सामग्री वितरण गरेको जनाएको छ । कृषिलाई आधुनिकिकरण गर्दे लागत र उत्पादकत्वको मुल्य घटाउने नगरपालिकाको योजना छ ।

    नगरपालिकाको ९ वटा वडा मध्ये ७ वटा वडा बर्दिया राष्ट्रियनिकुञ्ज क्षेत्रसंग जोडिएको बफरजोनले गर्दा यस नगरपालिका भित्र ठुला उद्योग कलकारखाना स्थापना गर्न नपाइने हुदाँ नगरपालिकाले अधिकासं बजेट कृषि, पशुपालन र पर्यटन विकासमा खर्च गर्दे आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित