- Loading...
एक किलोमिटर बाटोमा माटो र ग्राभेल बिछयाएर २० लाख झवाम
- कृषि टि.भी.
- २ साल अघि
- ३० पटक पढिएको


राम मण्डल, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा रहेको सार्बजनिक सिँचाई बाँधसम्म पुग्ने बाटो निर्माण गर्दा उपभोक्ता समिति लाखौं भ्रष्टचार गरेको छ । स्थानीय किसानहरुले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वा टोलमा रहेको सिँचाईको लागि निर्मित बाँधसम्म आवत जावत गर्ने बाटो निर्माण गरेको समितिले लाखौं भ्रष्टाचार गरेको बताएका छन् । बाँधसम्म किसानलाई आवत जावत गर्न सहज होस् भनी समितिले बाटोमा माटो र ग्राभेल राखेर स्तरोन्नति गरेको हो । चोकबाट बाँधसम्म पुग्न करिब एक किलोमिटरको बाटोमा ग्राभेल र माटोमात्र बिछयाएर लाखौ रकम भ्रष्टाचार गरेको स्थानीयको आरोप छ । महानगरले उक्त बाटो बनाउनको लागि २० लाख भन्दा बढी बजेट छुटयाएको थियो ।तर, सो सडक निर्माण गर्दा ५ देखि ६ लाख मात्रै खर्च गरेर बाँकी रकम समितिले भ्रष्टाचार गरेको स्थानीय किसान बताउँछन् ।

बेल्वा चोकबाट सोही टोलमा रहेको पक्की बाँध (डयाम)सम्म करिब एक किलोमिटर बाटो ग्राभेल गर्ने योजना रहेको थियो । करिब १४ फिटको बाटोमा माटो पुरी ग्राभेल गर्नुपर्नेमा उपभोक्ता समितिले गुणस्तरहीन र मुश्किलले ८ फिटसम्म मात्र माटो र ग्राभेल गरेको स्थानीयको भनाई छ । माटो र ग्राभेल पनि बाँधसम्म भने भएको छैन । बाँध भन्दा दुई तीन सय मिटर कमै बाटो ग्राभेल गरिएको छ । तर, निर्माण समितिले भने आफुहरुलाई बदनाम गर्नको लागि गाउँकै अर्को पार्टीका कार्यकर्ताहरुले गलत आरेप लगाएको बताएको छ ।
उक्त बाटो निर्माणको लागि महानगरपालिकाबाट बजेट आएको र आफुले निर्माणको लागि उपभोक्ता समिति मात्रै बनाई दिएको वडा नम्बर ३१ का वडाध्यक्ष चुमन दास चौधरी बताउँछन् । बाटो निर्माणको क्रममा भ्रष्टाचार भएको भए सम्बन्धित निकायमा गएर खोज्न सकिने उनको भनाई छ ।

