- Loading...
गोकर्णेश्वर नगरपालीकाद्धारा नगर क्षेत्रमा कृषि गर्दै आएका ८२ किसानलाइ २ करोड ७२ लाख नगद अनुदान वितरण
- कृषि टि.भी.
- १ साल अघि
- १२८ पटक पढिएको


गोकर्णेश्वर नगरपालिकाले नगर भित्र कृषि गर्दे आएका किसानलाई अनुदान रकम वितरण गरेको छ । कृषि योग्य भुमि बाँझो राख्न नदिने र कृषिमा आत्म निर्भर बन्ने रणनिती लिएको नगरपालीकाले कौशि खेतीलाई पनि बिशेष प्रार्थमिकतामा राख्दै अनुदान रकम दिदै आएको छ । मल, विउ विजन, तालीम तथा प्रविधिमा सहयोग हुने गरी कौशि खेती गर्नेलाइ १० हजारका दरले प्रोत्सान स्वरुप अनुदान दिइरहेको छ भने च्याउ खेती, तरकारी खेती, बाख्रा पालन, गाइ तथा भैसि पालन, कुखुरा पालन लगाएत कृषिमा विभिन्न क्षेत्र अंगाल्दै आएका किसानलाई आवश्यकता अनुसार कृषि औजारमा पनि अनुदान दिदै आएको छ । किसानलाइ थप आकर्षित गर्न र उत्पादनमा जोड दिन नगरपालिकाले ८२ किसानलाइ कृषिमा गरेको लगानी अर्थात व्यवसाय हेरेर अनुदान रकम वितरण गरेको छ । नगरपालिकाले वास्तविक किसान पहिचान गरी अनुदान दिएको नगरप्रमुख सन्तोष चालीसेले बताए । अनुदानको सही सदुपायोग भएको छ या छैन भनी तीन महिना पछि अनुगन गरीने र अनुदान रकमको दुरुपायोग भएको पाइएमा रकम असुली समेत गरीने चालिसेको भनाई छ ।

कृषिलाई आफनो पेशा बनाएर कृषि बाट दैनिक गुजारा चलाउँदै आएका किसान नगरपालिकाबाट अनुदान रकम पाउँदा खुसि देखिन्छन् ।
किसानलाइ हौसला दिन पकेट क्षेत्र छुट्याइ कार्यक्रम लागु गर्नुपर्ने बताउँदै नगरप्रमुख चालिसे सरकारले किसानलाइ आकर्षित र सम्मानित महसुस हुने गरि किसानमुखि कार्यक्रम सन्चालन गर्नुपर्ने बताउँछन् ।
च्याउ उत्पादनका लागी उर्वर मानिएको गोकर्णेश्वर नगरपालीका च्याउ तथा मासुमा आत्मनिर्भर भैसकेको छ भने तरकारीमा पनि आत्म निर्भर उन्मुख छ । कृषि उत्पादनको बजारीकरणमा विचौलियाको विगविगीका कारण किसानले उपयुक्त मुल्य नपाउने तथा कहिलेकाहि उत्पादन व्यवस्थीत गर्न नसक्दा खेरफाल्नु पर्ने समस्या समाधानका लागी नगरपालीकाले छिटै कोल्डस्टो निर्माण गनै पनि जनाएको छ ।

