- Loading...
नेपालमै पहिलो पटक बर्दिया जिल्लामा अन्नबाली सुकाउने मेसिन जडान
- कृषि टि.भी.
- २ साल अघि
- २८ पटक पढिएको


शिवा शार्मा । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्वर २ मा कार्यरत विहानी मध्यवती बहुउदेश्यीय सहकारी संस्था र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई राजापुर बर्दियाको ५० प्रतिशत अनुदानमा पहिलो नेपालमा पहिलो पटक ग्रेन ड्रायर अर्थात (अन्न बाली सुकाउने मेसीन) जडान गरीएको छ । १४ सय ३५ शेयर सदस्य रहेको बिहानी मध्यवर्ती बहुउदेश्य सहकारी संस्था लि.को कुल पुंजी ४ करोड ३५ लाख रहेको छ । र, यो ग्रेन डा्रयर (अन्न बाली सुकाउने मेसिन ) ले गेरुवा गाँउपालिकाको १,२ र ३ वडाको ४ सय हेक्टर क्षेत्रफल जमिनमा उत्पादन हुने चैते धान, बर्खे धान र बसन्त मकै सुकाउन सहयोग पुग्ने बिहानी मध्यवर्र्ती बहुउदेश्य सहकारी संस्था लि. ले जनाएको छ । ग्रेन मेशिन आउदा किसानहरु खुशि छन् । चैते धान खेती गर्दे आएका किसानहरु मेसिन जडान पछि झन खुशि भएका छन् । चैतमा रोपेको धान असारमा पाक्छ, असार बर्षात हुने समय भएकाले किसानहरुलाई धान सुकाउन गाहे हुन्छ, धान राम्रोसँग नसुकेपछि उचित मुल्य पाउँदैन । तर, मेसिन जडान सँगै किसानहरुको सो समस्या समाधान भएको छ ।

पछिल्लो समय किसानहरु वर्खे धान मात्र नभएर चैते धानमा पनि आर्कषित हुन थालेका छन । आधुनिक कृषि औजारको प्रयोगले किसानलाई समयको बचत हुने , लागत कम लाग्ने र ग्रेन डायरमा धान सुकाउन किसानहरुलाई सहज हुने विहानी मध्यवर्ती बहुउदेश्यीय सहकारी संस्थाका व्यवस्थापक हेम कुमार थारु बताउँछन् ।
किसानले उत्पादन गरेको धान समयमै सुकाउन नपाउँदा बर्षाको समयमा कुहिने समस्याबाट किसान चिन्तित भएका थिए ।
अव किसानलाई आधुनिक कृषि औजारको प्रयोजबाट छिटो छरितो तरिकाले काम सम्पन गर्नमा सहयोग पूग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना राजापुरका वरिष्ठ कृषि अधिकृत डा तपेन्द्र बहादुर शाहको भनाई छ ।
बालीको चिस्यानको मात्रा अनुसार २ देखी ४ घण्टामा ग्रेन डा्रयर मेसिनले अन्न सुकाउने बताइएको छ । भने, मेशिनको क्षमता १२ टन रहेको छ । प््राधानमन्त्री कृषि आधुनिकिकरण परियोजना राजापुर इकाईका अनुसार–राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा ९ सय ८६ हेक्टर क्षेत्रफलमा चौते धान खेती हुदै आएको छ ।

