FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धान रोप्न फोरविल राइस प्लान्ट मेसिनको प्रयोग

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३० पटक पढिएको
    धान रोप्न फोरविल राइस प्लान्ट मेसिनको प्रयोग

    शिवा शार्मा । वर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्वर ७ मा कृषि व्यवसायलाई उत्पादनमुखी बनाउन कृषि व्यवसाय प्रवद्धक सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेले असार २६ गते अत्याधुनिक प्रविधीको फोरविल राइस प्लान्ट द्धारा धान रोपेर मेशिनको प्रर्दशनी गरेको छ ।

    लुम्विनी प्रदेश सरकारले २२ लाख लागतमा २ वटा मेशिन खरिद गरेको थियो । त्यस मध्ये एउटा बाँके जिल्लामा प्रर्दशनी भईरहेको र अर्को बर्दीयामा प्रर्दशनी भईरहेको छ । मेशिन प्रर्दशनी कार्यक्रममा राजापुर नगरपालिकाका किसानहरुले अत्याधुनिक मेशिनले धान खेती गर्दा समयको साथ साथै पैसा पनि बचत हुने र उत्पादन पनि बढाउन सकिने विश्वास लिदै खुशी व्यक्त गरे । स्थानीय कृषक जानकी चौधरीले पहिले खेतबारीमा काम गर्न धेरै परिश्रम गर्नुपरेको र अहिले मेशिनले धान काट्न र सुकाउन पाउँदा किसानलाई सहज हुने बताईन ।

    पहिले मेशिनको प्रयोग नहुँदा ११ विघा जमिनमा काम गर्न हरेक दिन १७ जना लाग्थ्यो र एक महिनासम्म धान रोप्न समय लाग्थ्यो तर अहिले ८ दिनमै रोपाई सकिएको पहाडी चौधरीले बताए ।
    आधुनिक कृषि औजारको प्रयोग गरेर धान खेतीलाई व्यवसायीक बनाउने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना राजापुरका वरिष्ठ कृषि अधिकृत डा तपेन्द्र बाहले जानकारी दिए ।

    मेशिनले धान रोप्दा कति फाइदा हुन्छ , मेशिनको प्रयोग कसरी गर्ने भन्ने विषयम किसानलाई तालिम पनि दिने कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र बजुराका प्रमुख अम्मर रमज शर्मा घिमिरेले बताए । मेशिन प्रर्दशनी ार्यक्रममा किसानहरुले पनि सहभागीता थियो र उनीहरु खुशी देखिन्थे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित