- Loading...
खरिद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने पाँच पसलेलाई एक लाख जरिबाना
- कृषि टि.भी.
- २ साल अघि
- ३२ पटक पढिएको


राम मण्डल, वीरगञ्न । बजार अनुगमनको क्रममा ख्रिद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने वीरगञ्जका पाँच पसलेलाई एक लाख जरिबाना गरिएको छ ।सोमबार बाणिज्य आपुर्ति तथा उपभोक्ता हित सँरक्षण कार्यालय वीरगञ्जले गरेको बजार अनुगमनको क्रममा वीरगञ्ज–११ मिना बजारका पाँच पसलेलाई जनही २० हजार जरिावान गरिएको हो ।अनुगमनको क्रममा खरिद बिल नदेखाउने मिना बजारका आयुष गल्ला किराना पसल, राहुल एण्ड नवीन किराना , न्यू अमित किराना स्टोर्स, कन्हैया किराना र अनुगमनमा असहयोग गर्ने कोमल स्टोरलाई जनही २० हजार जरिवाना गरिएको बाणिज्य कार्यालयका सुचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साको निमित्त कार्यालय प्रमूख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, कँजुमर आई नेपाल, वीरगंज उधोग वाणिज्य सँघ को प्रतिनिधि सहित वीरगंज बजार अनुगमन गरिएको उनले बताए ।अनुगमनको क्रममा जरिवाना गरिएको रकम सात दिन भित्र जम्मा गर्न पनि निर्देशन दिइएको खत्वेले बताए ।


