FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अज्ञात रोगले मरे चरनमा लगिएको ३५ घार मौरी

    • कृषि टि.भी.
    • १ साल अघि
    • १९ पटक पढिएको
    अज्ञात रोगले मरे चरनमा लगिएको ३५ घार मौरी

    झापा जिल्लाको शिव सताक्षी नगरपालिका दुधेकी सन्त कुमारी सुनुवार मुखियाले पालेको मौरी घारमै मरेका छन् । मुखियाले कनकाई नगरपालीका घइलाडुब्बास्थित खयर घारीमा चराउन लगेको मौरी मरेको भेटिएको हो । उनले चराउन लगेको ३५ घार मौरी चराउने ठाउँमै घारमा मरेको बताएकी छन् । मौरी मरेको कारण भने अझैं खुलेको छैन् ।

    मुखिया डेढ दशकदेखी व्यवसायीक रुपमा मौरी पालन गर्दै आएकी छन् । २०६२ सालमा श्री सताक्षी महिला मौरिपालन सहकारी संस्था लिमिटेडले मुखियालाई अनुदानमा दुई घार मौरी दिएको थियो । त्यस पश्चात उनी व्यवसायीक मौरी पालनमा होमिएकी थिइन् । उनले मौरी पालनबाटै ८ जनाको परिवार चलाएको बताएकी छन् । व्यवसायीक मौरी पालन शुरु गरेपछि छोरालाई कोरिया जान समेत नदिएको उनको भनाई छ । गत वर्ष पनि घारबाटै मौरी भागेपछि ठुलै क्षती व्यहोर्नुपरेको थियो । उनले यस वर्ष करिब पाँच लाखको मौरी घारमा मरेको बताएकी छन् । मौरी पालन गरेर नगरपालीकालाई कर तिर्दै आए पनि शिव सताक्षी नगरपालीकामा मौरी मरेको बिषयमा जानकारी गराउदा कुनै चासो नदिएको मुखियाको गुनासो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित