- Loading...
विगत ११ बर्षदेखि व्यवसायिक तरकारी खेतिमा रम्दै कमला, बार्षिक कमाउँछिन् ९ लाख
- कृषि टि.भी.
- १ साल अघि
- २४ पटक पढिएको


काठमाडौं । उनी हुन कमला तामाङ । विगत ११ वर्षदेखि देखि व्यवसायिक तरकारी खेती गर्दै आएकी छन् कमलाले । दक्षिणकाली नगरपालिका वडा नम्वर ५ मा ४५ रोपनी जग्गा लिजमा लिएर मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएकी कमलाको दैनिक विहान उठेदेखि बेलुका सम्म तरकारी खेति स्याहारर्दै वित्छ । हाम्रो समाजमा पढे लेखेका व्यक्तिले कृषि गर्नु हुदैन, कृषि भनेको नपढेकाले गर्ने पेशा हो भन्ने सोचाइ अझैपनि विद्यमान छ । तर, कमलाले समाजले के भन्ला, के सोच्ला त्यतातिर ध्यान दिइन, वास्ता गरिनन् । सानै उमेर देखि उनलाई कृषि पेशा औधि मनपथ्र्यो । आफुलाई मन पर्ने पेशा र आम्दानी पनि राम्रो हुने भएपछि उनी विगत ११ बर्ष देखि कृषि पेशामा आवद्ध छिन् । मौसमी र बेमोसमी तरकारी बेचेर बार्षिक ९ लाख आम्दानी गर्छिन् कमला । अहिले उनको फर्ममा काका्र, मकै, सिमि, भटमास, गोलभेडा लगायतका तरकारी र नास्पाती लगायतका फलफूल विक्रीका लागि तयारी अवस्थामा छन् ।

सरकारले कमला जस्ता किसानहरुलाई कृषिमा आर्कषित गर्न अनुदान, सहुलियत कर्जा र उत्पादित तरकारी बजारीकरणका लागी समन्वय गर्नुपर्ने उनी बताउँछिन् । नेपालमा पनि कृषिमा रोजगारीका सम्भावना धेरै छन । तर अनुदान वितरणमा वास्तविक किसान पहिचान हुन नसकेको गुनासो कमलाको छ । कमलाले ११ वर्षसम्म कृषिमा आवद्ध हुदा ज्ञान केन्द्रबाट दुई लाख अनुदान पाएकी छन् । तर, उनलाई अनुदानमा कृषि औजार, मेसिन दिइएको छैन । सरकारले वास्तविक किसान पहिचान गरेरे अनुदान दिनुपर्ने उनको भनाई छ ।
कमला सफल कृषि महिला उद्यमी बन्न सफल भैसकेकी छन् । पुरुषको तुलनामा कमै महिलाहरु व्यवसायिक कृषि पेशामा लागेका छन् । जसमध्ये कमला पनि एक हुन् । सरकारले कृषिमा महिल लक्षित विभिन्न अनुदानका कार्यक्रम ल्याएमा कमला जस्ता सयौं कमलाहरु आफैमा आत्मनिर्भर बन्ने छन् ।

