- Loading...
मधुवन नगरपालिकाले कृषकलाई वितरण गर्यो अनुदानमा कृषि औजार
- कृषि टि.भी.
- २ साल अघि
- १७२ पटक पढिएको


शिवा शार्मा, बर्दिया । बर्दियाको मधुवन नगरपालिकाले कृषकलाई कृषि यान्त्रिक सामाग्री वितरण गरेको छ । नगरपालिकाको पशु सेवा शाखा र कृषि विकास शाखाले सो सामाग्री वितरण गरेको हो । पशु सेवा शाखाले ५० प्रतिशत अनुदानमा पशुपालक कृषकलाई इलक्ट्रीक च्याप कटर र हाते च्याप कटर वितरण गरेको छ भने कृषि विकास शाखाले मुख्यमन्त्रि ग्रामिण रोजगार कार्यक्रम र कृषि यान्त्रिकरण कार्यक्रम अन्र्तगत रोटावेटर, मल्टीक्रप सिड ड्र्रिल, कर्न सेलर, विधुतीय चार जेबल, विषाधी स्प्रेल मल र विउ छर्ने ब्याग, झार गोड्ने मेशिन र पावरटिलर वितरण गरेको हो । नगरपालिकाले अनुदानमा दिएको सडड्रिल अर्थात गहु छर्ने मेशिन लिन नगरपालिका पुगेकि कृषक बसन्ती केसी मेशिन अनुदानमा पाएपछि खुसि छन् ।

ब्यवसायिक पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा इलेक्ट्रीक च्याप कटर र हाते च्याप कटर वितरण गरेको पशुसेवा शाखाका अधिकृत गणेश बोहराले बताए । कृषकहरुलाई १६ वटा इलेक्ट्रीक च्याप कटर र ४४ वटा हाते च्याप कटर वितरण गरेको हो ।
त्यस्तै, कृषि विकास शाखाले ३ वटा रोटाभेटर ,३ वटा मल्ट्रीक्रप सिडड्रिल, मकै छोडाउने कर्नसेलर, ३१ थान विधुतिय चारजेबल विषाधी छर्ने स्प्रे, ७ थान झारगोढने मेशिन र मुख्यमन्त्री ग्रामिण रोजगार कार्यक्रम अन्र्तगत ६ वटा पावरटिलर ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ ।
भारतीय बजारबाट आएका कृषि उपजसँग प्रतिशस्पर्धा गर्न, मधुवन नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाइ उत्पादित कृषि उपज अन्य जिल्लामा निर्यात गर्र्ने गरी काम भैरहेको नगरप्रमुख गणेश बहादुर क्षेत्रीले बताए । उनले भारत सरकारले नेपाल सरकारले भन्दा सहुलियत दरमा ब्यााज ,मल, बिउ लगायत आवश्यक कुरामा अनूदान दिने हुदाँ नेपालले प्रतिस्पर्धा गर्न नसकेको तर्क गरे ।
नगरपालिकाले पशु तर्फ १४ लाख ७० हजार र कृषि तर्फ १६ लाखको कृषि सामाग्री कृषकलाई अनुदानमा वितरण गरेको हो ।

