FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषियोग्य ठाउँमा १२ महिना नै सिचाईः नवनियुक्त उर्जा जलस्रोत तथा सिंचाई मन्त्री भुसाल

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३२ पटक पढिएको
    कृषियोग्य ठाउँमा १२ महिना नै सिचाईः नवनियुक्त उर्जा जलस्रोत तथा सिंचाई मन्त्री भुसाल

    काडमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले मुलुकका सवै क्षेत्रमा बिजुलीको पहँुँच पुराउने लक्ष्यका साथ काम गर्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री भुसालले बिजुली बत्ती बाल्नै नपाउनेहरूको संख्या नेपालमा धेरै भएको भन्दै बिजुलीको पहुँच चाँडै पुर्याउने बताउनुभएको हो । उहाले जलबिधुतको क्षेत्रमा धेरै लक्ष्य राख्ने तर लक्ष्य पुरा नहुने क्रम दोहरिदै आएकाले त्यस्तो प्रवृतिलाई सुधार गर्नुपर्ने धारणा राख्नुभयो । उहाले नेपालमा लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिनुपर्ने बताउनुभयो । आफुले काममा कुनै पुर्वाग्रह नराख्ने तर परिणाममुखी काम निकाल्नुपर्ने स्पष्ट पार्नुभयो ।

    मन्त्री भुसालले देश र जनताको सपना पूरा गर्न आत्मसाथ गर्नुपर्ने बताउनुभयो । कृषि प्रधान देश भनिए पनि सिचाईको समस्या ठुलो रहेको भन्दै उहाले सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पुर्याउने गरी काम गर्ने बताउनुभयो । मंगलबार सपथ गर्नुभएकी मन्त्री भुसालले बुधबार सिंहदरबार पुगेर पदभार सम्हाल्नुभएको हो । मन्त्रालयमा उहालाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित