FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कञ्चनपुरका १ सय ४६ किसानलाई कृषियन्त्र

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३४ पटक पढिएको
    कञ्चनपुरका १ सय ४६ किसानलाई कृषियन्त्र

    काठमाडौं । सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १ सय ४६ किसानलाई अनुदानमा कृषियन्त्र वितरण गरेको छ । निर्देशनालयको आर्थिक वर्ष २०७७–७८ को स्वीकृत कृषि यान्त्रिकीकरण अनुदान सहयोग कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र तथा उपकरण वितरण गरेको हो । कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउन कृषकलाई कृषियन्त्र वितरण गरेको निर्देशनालयले जनाएको छ । किसानलाई पावर ट्रिलर, मिनी ट्रिलर, धान थ्रेसर, गहुँ थ्रेसर, बताउने पङ्खा, रिपर, रोटाभेटर, हिले चक्का, सिड ड्रिल र डिस्क हेरोलगायत सामग्री अनुदानमा उपलब्ध गराएको छ । किसानको मागअनुसार कृषियन्त्र तथा उपकरण अनुदानमा उपलब्ध गराइएको निर्देशनालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित