- Loading...
स्मार्ट कृषि गाँउ पुरस्कृत
- कृषि टि.भी.
- १ साल अघि
- १६ पटक पढिएको


शिवा शर्मा, बर्दिया । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले ठाकुरबाबा स्मार्ट बाख्रा पालन समिती ठाकुरबाबा नगरपालिका –५ शाहिपुरलाई उत्कृष्ट स्मार्ट कृषि गाँउ पुरस्कृत गरेको छ । असार २९ गते कार्यालयले एक कार्यक्रमका बीच उत्कृष्ट स्मार्ट कृषि गाँउलाई पुरस्कृत गरेको हो । रु. २५ हजार सहित पुरस्कृत गरेको हो ।
कृषि उत्पादनलाई बजारमुखी, ब्यवसायिकमुखी र आत्मनिर्भर बनाई कृषकहरुको प्रतिस्प्रधात्मक क्षमता अभिवृद्धी गरी दिगो आय स्तर वृद्धि गर्न “एक नमुना गाँउको रुपमा विकास गरी बाझो र खाली रहेका कृषि जग्गाको समोचित प्रयोग तथा स्थानिय स्तरमा उपलब्ध स्रोत साधन र कृषि जैविक विविधताहरुको संरक्षण तथा प्रर्वद्धन गर्ने उदेश्यले यो कार्यक्रम संचालन भएको हो । कृषि क्षेत्रको वातावरणीय जोखिम न्यूनिकरण गरी कृषि उत्पादन र उपादकत्व वृद्धिबाट दिगो खाद्य तथा पोषण सुरक्षा सुनिस्चित गदै निर्यात प्रर्वद्धनमा टेवा पुराउनुको साथै महिला तथा यूवा उद्यमशिलताको विकास गर्दै कृषिमा रोजगारीका अवसरहरु सृजना गरी हालको बेरोजगारी दरलाई न्यूनिकरण गर्ने उदेश्य बर्दिया जिल्लायमा यो कार्यक्रम संचालन भैरहेको छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६को बजेट निती तथा कार्यक्रम अन्र्तगत प्रदेश भित्रका १२ वटै जिल्लाका प्रत्येक निवाचन क्षेत्रको कम्तिमा एक स्थानमा एक स्मार्ट कृषि गाँउ स्थापना गर्ने उदघोष गरेको थियो । सोही अनुसार बर्दिया जिल्लाको ८ वटा स्मार्ट कृषि गाँउ मध्ये ठाकुरबाबा नगरपालिका वडा न. ५ शाहिपुरको ठाकुरबाबा स्मार्ट बाख्रा पालन समितीले कृषि तथा पशुपन्छी क्षेत्रमा उल्लेखनिय कार्य गरेको भन्दै पुरस्कृत गरेको हो । कृषि टेलिभिजनसँग कुरा गर्दे कार्यालय प्रमुख विनोद घिमिरेले भने “कृषि तथा पशुपन्छी क्षेत्रमा विशिष्ट योगदान पु¥याएकोले हामीले ठाकुरबाबा स्मार्ट बाख्रा पालन समितीलाई नगद रु.२५ हजार सहित सम्मान गरेका हौं ।”


