- Loading...
गोकर्णेश्वरका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण
- कृषि टि.भी.
- २ साल अघि
- ३१ पटक पढिएको


काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । बुधवार कार्यक्रमक आयोजना गरी १ देखि ४ वडाका किसानलाई ५० प्रतिशत अनुदानमा १५ वटा मिनिटेलर वितरण गरेको हो । कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउन कृषक, कृषक समूह, कृषि सहकारीहरुको माग बमोजिम नगरपालिकाले मिनिटेलर वितरण गरेको छ । नगरपालिकाको कृषि विकाश शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत अनुदानमा ट्याक्टर उपलब्ध गराएको हो । कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न आधुनिक कृषि उपकरण वितरण गरिएको नगरपालिका कृषि विकाश शाखाकी प्रमुख इन्दु खड्काले बताईन । पहिलो चरण अन्र्तगत गत जेठमा १५ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनिटेलर वितरण गरेको नगरपालिकाले यस पटक पनि १५ जान किसान ट्याक्टर उपलब्ध गराएको हो ।

असारे झरिको बेवास्था गर्दै नगरपालिकाले वितरण गरेको हाते ट्याक्टर लिन किसानहरु नगरपालिका आएका थिए । किसानलाई व्यवसायीक बनाउन नगरपालिकाले गरेको पहलमा उनीहरु खुशी देखिन्थ्ये । ट्याक्टर लिन नगरपालिएका आएका किसान लाल बहादुर तामाङ परम्परागत कृषिलाई विस्थापित गर्न साथै लागत मूल्य कम गर्न हाते ट्याक्टर सहयोग बन्ने बताउँछन् ।
ब्यवसायीक कृषिमा किसानलाई आकर्षित गर्न बोलेरमा मात्र नभइ व्यवहारिक रुपमा किसान लक्षित कार्यक्रम अघि सार्नुपर्ने नगर प्रमुख सन्तोष चालिसे बताउँछन् । नगर भित्रका किसानलाई खन जोत गर्न असहज भएकाले तत्कालको लागि मिनिटेलर उपलब्ध गराएको उनले बताए । कृषिमा यान्त्रिकीकरणको प्रयोगमा जोड दिदै प्रतिएकाइ उत्पादनमा वृद्धि तथा उत्पादन लागत घटाउने लक्ष्य नगरपालिकाले लिएको उनको भनाई छ ।
एउटाको करिब ६० हजार रुपैयाँ मूल्य पर्ने ट्याक्टरलाई पालिकाले ५० प्रतिशत अनुदान दिएको हो । जल देबी पंचायन कृषि सहकारी, सरल एग्रो, जल देबी पंचायन कृषि सहकारी, नेपाली माटो नेपाली मन कृषि फर्म, चिनारी मोडर्न कृषि फर्म, करुण कृषि फर्म, नब बिहान कृषि सहकारी, लुङ्वा कृषि फर्म, कान्तिपुर सहकारी, अर्ग्यानिक हरियाली कृषि फर्म, लिलादेबी एग्रो फर्म, सुन्दरी माई कृषि सहकारी, पशुपालन कृषि फर्म र स्वेतबाराहि बहुउद्देशीय सहकारीलाई नगरपालिकाले अनुदानमा ट्याक्टर दिएको हो ।

