FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नमोबुद्ध नगरपालिकाले कृषि औजार बैंक स्थापना गर्ने

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    नमोबुद्ध नगरपालिकाले कृषि औजार बैंक स्थापना गर्ने

    काठमाडौं । कृषि उत्पादनका लागि उर्वर मनिने काभ्रेको नमोबुद नगरपालिकामा विभिन्न कार्यक्रम संचालन छन् । नगरपालिकाले धान, मकै, तरकारी, आलु लगायतका कृषि उपज र पशुपालनका लागी क्षेत्र छुट्याएर कृषिका कार्यक्रमहरु संचालन गरिरहेको हो । नगरपालिकाले कृषि लाई मुख्य प्राथमिकतामा राखेर काम गरीरहेको नगरप्रमुख टंक प्रसाद शार्माले बताए । कृषिलाइ सम्मानित पेशाको रुपमा स्थापित गर्न नगरपालिका लागि परेको उनको भनाई छ । नगरप्रमुख टंक प्रसाद शार्मा नगरपालिकाले किसानको उत्पादन विक्री वितरणमा सहज होस् र सहज रुपमा बजार र मुल्य पाउन सकुन भनेर भकुण्डे वेशिमा कृषि उपज बजार संचालनमा ल्याएको बताउँछन् । नगरपालीका केही कृषकहरुलाई अनुदान मार्फत समेटेको छ भने अनुदान मार्फत समेट्न नसकेका कृषकहरुलाई लक्षित गरी कृषि औजार प्रयोगका लागि कृषि औजार बैंकको स्थापना गर्ने तयारी गरेको छ ।

    नगर प्रमुख शर्मा नेपालसरकारले संचालनमा ल्याएको कृषि नितीमा सन्तुष्ट छैन अर्थात सहमत छैनन् । कृषिको क्षेत्रमा देखिएका समस्या र किसान लक्षित नीति नभएको उनी बताउँछन् । कार्यान्वयन पक्षपनि फितलो हुदाँ कृषिमा प्रणलीमा परीवर्तन नआएको उनको दाबी छ ।

    नमोबुद नगर क्षेत्रमा जग्गा बाझो राख्न नदिन नगरपालिकाले बाझो जमिनको प्रयोग उत्पादनमा सहयोग भन्ने नाराका साथ कार्यविधि बनाएर गर्ने जनाएको छ भने महिला लक्षित अर्थात महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले बुहारी स्वरोजगार कार्यक्रम पनि संचालन गर्दे छ । सो कार्यक्रम संचालन भएपछि पहिलो चराण्मा नगरपालीकाका १०० भन्दा बढी महिलाहरुले रोजगारी पाउने नगरापलिकाले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित