- Loading...
कर्णाली प्रदेशः ६५ प्रतिशतमात्र बजेट खर्च, सबैभन्दा धेरै कृषि मन्त्रालयको ८२ प्रतिशत खर्च
- कृषि टि.भी.
- २ साल अघि
- १७१ पटक पढिएको


काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा ६५ प्रतिशतमात्र बजेट खर्च गरेको छ । कूल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारमध्ये २१ अर्ब ९६ करोड दुई लाख खर्च गरेको छ । चालूतर्फ १४ अर्ब ६७ करोड २२ लाख ३२ हजारमध्ये आठ अर्ब ४९ करोड २० लाख तथा पूँजीगततर्फ १९ अर्ब छ करोड ९१ लाख २१ हजारमध्ये रु १३ अर्ब ४६ करोड ८२ लाख खर्च गरेको हो । सबैभन्दा धेरै खर्च भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ८२ दशमलव ०३ रहेको छ भने सबैभन्दा कम खर्च गर्नेमा आर्थिक मामिला तथा योजना मन्त्रालयको ९ दशमलव ७३ प्रतिशत रहेको छ । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले ६८ दशमलव ६०, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६८ दशमलव ३१, सामजिक विकास मन्त्रालयको ६६ दशमलव ७३ तथा भौतिक पूर्वाधार विकास मन्त्रालयले ६२ दशमलव ६७, प्रतिशत तथा खर्च गरेका छन । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७१ दशमलव ५२ प्रतिशत खर्च गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा दोस्रो चौमासिकको काम नहुनुले पनि बजेट खर्चमा कमी आएको बताइएको छ ।।


