- Loading...
कामको खोजीमा भारत जानेको लर्को
- कृषि टि.भी.
- १ साल अघि
- १७३ पटक पढिएको


जागेश्वर सिहं थारु, बाँके । बाँकेको जमुनहा भन्सारमा यति बेला मानिसहरुको घुईचो लागेको छ । कोही कामको खोजीमा भारत प्रवेश गरिरहेका छन् भने कोही कोरोना महामारीको दरले स्वदेश फर्कन थालेका छन् । घरमा बस्दा छाक तार्न धोै धौ भएपछि जाजारकोट घर भएका कंचन नेपाली कामको खोजीमा भारतको हिमाचल प्रदेशमा जाने लक्ष्य लिएर नेपालगन्जको जमुनहा नाका भएर भारत प्रवेश गरेका छन् । घरमा बस्दा काम नपाउने भएकाले भारत गएर मासिक भराती १२ हजार रुपैँया भएपनि कमाउने सोचले भारत प्रवेश गरेको बताउँछन् कंचन ।

कोरोना महामारीले ् नेपालका अधिकांश मानिसहरुको अवस्था कंचन नेपाली जस्तै भएको छ । घरमा बसौ गर्ने काम छैन, विहान साँझ खान धौ धौ छ, काममा जाउँ कोरोनाको जोखिम । नरेन्द्र कुमार बास्तोला सानै उमेर देखि भारतको नैनिताल बस्दै आएका छन् । उनी सानै हुँदा बाबु आमा भारतमै बसोबास गरेकोले आफु पनि उलै बस्दै आएको बताउँछन् । तर, उनी कामको खोजीमा नेपाल आएका छन् । भारतमा तेस्रो लहरको कोरोना महामारी फैलिन थालेपछि उनी कामको खोजीमा नेपाल आएका हुन् ।
घरमा बसेर काम नपाएपछि जाजारकोट घर भएका हरी बहादुर नेपाली पनि कामका लागि भारत हिडेका छन् । उनी भारतमा गएर पेटी बोक्ने लेबरको काम गर्ने सोचले भारत प्रवेश गरेको बताउँछन् ।
नाकामा यूवाहरुकोे हुल देख्दा लाग्छ साँचै नेपालमा काम नै नपाइने हो त । एका तिर सरकारले विभिन्न किसिमका रोजागारीका योजनाहरु ल्याएउ, अर्कोतर्फ यूवाहरुलाई विदेशीनबाट रोक्न सकेको छैन ।

