FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पाल्पामा बेमौसमी आलुखेती शुरुआत

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    पाल्पामा बेमौसमी आलुखेती शुरुआत

    पाल्पामा बेमौसमी आलुखेती शुरुआत गरिएको छ । कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रमअन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो । न्यूनतम २० रोपनी क्लस्टरमा सहयोग गर्ने प्रावधान अनुरुप समुन्द्री सतहदेखि एक हजार ४०० देखि दुई हजार मिटर उचाइमा उत्पादन हुने बेमौसमी आलुका निम्ति क्षेत्र छनोट गरी सहयोग गरेको केन्द्रले जनाएको छ ।जिल्लाको निस्दी र माथागढी गाउँपालिकामा ज्ञान केन्द्रले कृषि सामग्री तथा आर्थिक सहयोग गरेको छ । जिल्लाको रैनादेवी छहरामा भने गाउँपालिकाले आलु पकेट क्षेत्रका रुपमा विकास गर्न बेमौसमी आलु खेती थालिएको हो । स्थानीय ३० कृषकले ३० रोपनी जग्गामा एक हजार ६०० केजी आलुको बीउ रोपेका छन्। कृषि ज्ञान केन्द्र पाल्पाको एक लाख तथा सहकारी संस्थाको एक लाख गरी दुई लाखको लगानीमा खेती शुरु गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित