- Loading...
सुन्दरहरैंचा नगरपालिकामा रेणुप्रसाद श्रेष्ठले फलाए पहिलो पटक ड्रागन फ्रुट
- कृषि टि.भी.
- १ साल अघि
- २० पटक पढिएको


मोरङको सुन्दरहरैंचा – ११ तीनपैनी स्थित राजाटोलका किसान रेणुप्रसाद श्रेष्ठ विगत ४ बर्ष देखि ड्रागन फ्रुट खेती गर्दै आएक छन्। सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा नगरकै पहिलो व्यवसायको रुपमा रहेको अर्गानिक तथा मिठो फल ड्रागन फुड खेतीको परीक्षण समेत सफल भएको छ।सुन्दरहरैंचा नगरपालिकाको आवश्यक सहयोगमा नगरकै पहिलो व्यवसायको रुपमा रहेको हेर्दा रहरलाग्दो , अर्गानिक तथा मिठो फल ड्रागन फुड खेतीको परीक्षण सफल भएको छ । सुन्दरहरैंचाका अगुवा तथा मेहनती किसान रेणुप्रसाद श्रेष्ठलाई नगरपालिकाले परीक्षणका लागि शुरुमा ९० बोट ड्रागन फ्रुटको बिरुवा उपलब्ध गराएको थियो ।

रेणुप्रसाद श्रेष्ठ विगत ४ बर्ष देखि ड्रागन फ्रुट खेती गर्दै आएक छन्। श्रेष्ठका अनुसार माटो परीक्षण गर्दा उनको खेतको माटो ड्रागन फुटको लागि उपयुक्त ठहरिएको थियो । ड्रागन फुट खेतीको लागि आवश्यक पर्ने सिमेन्टको पिल्लर पनि नगरपालिकाले नै उपलब्ध गराएको हो। अहिले श्रेष्ठको ५ कठ्ठा आफ्नै वारीमा १ सय ७० वोट ड्रागन फुटका वोटहरु रहेका छन । राम्रो आम्दानि लिन सकेका श्रेष्ठ ड्राइगन फलको बिरुवा समेत बिक्रि गर्ने गरेका छन्। श्रेष्ठले हरिमाया कृषि फार्म दर्ता गरी करिव २ लाख १५ हजार लगानी गरेर ड्रागन फुडको खेती शुरु गरेका हुन् । कृषक श्रेष्ठलाई उनकी श्रीमती हरिमाया श्रेष्ठले सहयोग गर्ने गरेकी छिन्। श्रेष्ठलाई शुरुमा ड्रागन फ्रुट उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको थियो ।


बजारको समस्या नभएको र घरमै आएर ग्राहकले किनेको तथा सबैलाई यो फल चाख्न भ्याइनभ्याई भएको देख्दा भने खुशी लागेको श्रेष्ठ बताउछन् । पहिलो लटमा लगभग ७० हजार रुपैयाँको फल बेचेको उनको भनाई छ। गर्मी समयको जेठ देखि अशोज सम्म मुख्य रुपमा फल दिने ड्रागन फुड बर्षमा चार लट सम्म फल्ने गर्दछ, स्वास्थ्यको द्रिश्तिकोणले राम्रो मानिएको यो फल बुढेसकालको सहारा बनेको श्रेष्ठ बताउँछन् । एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिंचाई बाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समय सम्म फल दिने हुनाले अन्न खेतिवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव बटुल्न सफल भएको उनकी श्रीमती हरिमाया श्रेष्ठको भनाई छ। मासु खानु भन्दा यो फल खानु फाइदा छ हुदा सबैले यसको सेवन गर्नु पर्नेमा उनि जोड दिन्छिन्।

ड्रागन फ्रुट क्यान्सर , सुगर , कोलेस्ट्रोल लगायतका विभिन्न रोगको लागि समेत उपयुक्त हुने गर्दछ । यसको फुललाइ सुकाएर धुलो बनाएर चियापतिको रुपमा समेत प्रयोग गर्न सकिन्छ । फुलवारीको जस्तो सोभा दिने तथा आकर्षक वोट देखिने ड्रागन फ्रुटबाट स्वदेशमै राम्रो आम्दामी गर्न सकिने कृषकहरु बताउँछन ।

