FLASH NEWS
- Loading...
बाढीपहिरोका कारण यस वर्ष धान रोपाइँमा ढिलाइ
- कृषि टि.भी.
- १ साल अघि
- २८ पटक पढिएको



मनसुनसँगै सुरु भएको बाढीपहिरोका कारण यसपालि धान रोपाइँमा ढिलाइ भएको छ । कृषि मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार हालसम्म ७६.४४ प्रतिशत मात्र रोपाइँ भएको छ जब कि गत वर्ष यतिबेला ८१.८५ प्रतिशत धान रापाइँ भइसकेको थियो । तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सकिएको छ । त्यस्तै सुदूरपश्चिममा ९०.७१ प्रतिशत, लुम्बनी प्रदेशमा ८६.९४ प्रतिशत, बागमती प्रदेशमा ७८.३५ प्रतिशत, गण्डकीमा ७२.४० प्रतिशत, प्रदेश २ मा ६८.५४ प्रतिशत र प्रदेश १ मा ६४.४८ प्रतिशत रोपाइँ भएको छ । सिँचाइ, मल, बीउ समयमा उपलब्ध भएको हुनाले धान रोपाइँ धमाधम भइरहेको छ ।तर सुरुमै बाढीपहिरोले अवरोध पारेका कारण केही ढिलाइ भएको हो । यसपालि समयमा रोपाइँ सम्पन्न भयो भने ६० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राखेको छ ।

प्रतिक्रिया दिनुहोस
