FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • साना किसान लक्षित अनुदान ल्याइने मन्त्री विजय बहादुर यादवको प्रतिवद्धता

    • कृषि टि.भी.
    • २ साल अघि
    • २७ पटक पढिएको
    साना किसान लक्षित अनुदान ल्याइने मन्त्री विजय बहादुर यादवको प्रतिवद्धता

    कृष्ण खनाल। लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले साना किसान लक्षित अनुदान तथा अन्य कार्यक्रम आउनुपर्ने बताएका छन् । हाल सम्म किसानको नाममा ठुला नामधारी किसानहरुले लाभ लिएको भन्दै मन्त्री यादवले कार्यविधि संसोधन गरेर भएपनि स-साना किसानहरुलाई समेट्ने गरी मन्त्रालयले कार्यक्रम ल्याउने बताएका हुन ।बुटवलमा आयोजना गरिएको कृषि विकास निर्देशनालय र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको बार्षिक समिक्षा कार्यक्रमलाई संम्बोधन गर्दै मन्त्री यादवले साना किसान , र पीछडिएका वर्गका लागी अनुदानको व्यवस्था गरी कृषिमा प्रोत्सााहत गर्ने बताउनु भयो । यसको लागि कार्याविधि नै संसोधन गरेर भएपनि अधितम रुपमा किसान लाभांवित हुने गरी कार्यक्रम मन्त्रालयले ल्याउने मन्त्री यादवको भनाई रहेको छ । कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले आगामी कार्यक्रममा साना किसानलाई लक्षित गरी ल्याउने र मन्त्रालय मातहतका केही कर्मचारीहरुको कारण अनुदान वितरण, प्रोत्साहन कार्यक्रममा लापरवाही भएको र वदनमा गरिएको भन्दै मन्त्री यादवले यसको लागि अव सरकारले कडा भन्दा कडा रुपमा अनुगमन गर्ने बताएका छन । खासगरी ठुला पहुँचवाला किसानहरुले हाल सम्म सरकारको अनुदान, सहुलियत कर्जा पाएको बताउदै उनले अव यसो नहुने बताएका छन् । कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य तेज बहादुर बस्नेतले उत्पादनमा आधारित कार्यक्रम ल्याउनको लागि निर्देशनालय, मन्त्रालय मतहतका कार्यालयहरुलाई सुझाव दिएका थिए । मन्त्रालय र निर्देशनालय मतहतका सबै जिल्लाका कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको समिक्षा गोष्ठीमा प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटा र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. परवेज आलमले आफ्नो आफ्नो मतहतका कार्यालयहरुको कार्यप्रगति विवरण बारे प्रकाश पारेका थिए । दुई दिन सम्म चल्ने गोष्ठीमा प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतमा रहेका सबै कार्यालयहरुले प्रगति समिक्षा गरिने कार्यक्रम पनि रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित