FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आँफै मालिक,आँफै ग्राहक आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ बुटवलमा ‘बा एग्रो मार्ट’ सञ्चालनमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३२ पटक पढिएको
    आँफै मालिक,आँफै ग्राहक आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ बुटवलमा ‘बा एग्रो मार्ट’ सञ्चालनमा

    कृष्ण खनाल। तीन करोड बढी लगानीमा वुटवल ११ कालिकानगरमा आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ बुटवलमा ‘बा एग्रो मार्ट’ सञ्चालनमा आउँदैछ । विशेषगरी कृषकहरुको संयुक्त लगानी रहेको उक्त मार्टले कृषि उत्पादन बढाउने र कृषिमा किसानलाई आत्मनिर्भर बनाउने उदेश्य राखेको छ । कृषकलाई सहभागी गराई कृषि उत्पादन बढाउने र कृषिमा किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले तीन करोड बढी लगानीमा वुटवल ११ कालिकानगरमा बा एग्रो मार्ट सञ्चलनमा आउँदैछ । मार्टका बारे सञ्चालकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्। सो अवसरमा बोल्दै ‘बा एग्रो फार्मका’का अध्यक्ष कुल बहादुर केसीले कृषकहरुको लगानीबाट कृषि क्षेत्रलाई नै प्रवद्र्धन गर्ने उद्देश्यका साथ कृषि मार्टको अवधारणा ल्याइएको बताए । हाल सो मार्टमा तीन करोड बढी लगानी रहेको बताउँदै उनले आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि सोही किसिमका मार्ट सञ्चालनमा ल्याउने जनाए । मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि,प्रवद्र्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरेको बताए । उनले आगामी तीन वर्षमा शाखा विस्तार गर्दै आइपिओ समेत खोल्ने लक्ष्य रहेको बताए । उनले भने ‘कृषि क्षेत्रमा चलायमान बनाई यसको विस्तार गर्दै आगामी तीन वर्षमा आइपिओ जारी गर्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार रहेको बताए । त्यसैगरी नमस्ते हाइपर मार्टका अध्यक्ष सन्तोष पौडेलले एउटै छाना मुनी कृषिजन्य,दैनिक उपभोग्य लगाएत उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यका सार्थ नमस्ते हाइपर मार्ट पनि ‘बा एग्रो मार्ट’सँगै स्थपना गरेको बताए । उनले कालिकानगर, मिलनचोक, देविनगर लगाएतका बासिन्दाहरुलाई नजिकमा नै सबै सामग्री उपलब्ध गराउने त्यसैगरी योगीकुटी लगाएत तिलोत्तमाबासीलाई पनि सहज हुने हुँदा कालिकानगरमा मार्ट स्थापना गरिएको र सञ्चालनमा ल्याउने अन्तिम तयारी रहेको बताए । हालसम्म ‘बा एग्रो मार्टमा करिब एक सय ५० जना लगानी कर्ता रहेका छन् । कृषकले न्यूनतम १० हजार र अन्यले एक लाख भन्दा माथिको सेयर लगानी गर्न सक्ने प्रावधान रहेको छ र मार्टमा हाल २१ करोड पूँजी रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित