FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दुवै मृगौला फेल भएका श्रवण चौधरीलाई सहयोगको अपिल

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    दुवै मृगौला फेल भएका श्रवण चौधरीलाई सहयोगको अपिल
    पिडितको विषयमा अथवा सहयोगका लागि थप जानकारी लिनुपरे कृषि टेलिभिजनको हट लाईन ०१–५४३०२०० मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ ।

    सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ चिमडीका २७ बर्षिय श्रवण चौधरीको दुबै मृगौला फेल भएर आर्थिक अभाव झेलिरहेका छन् । देशका उच्च पदस्थ व्यक्तिहरुलाई समान्य कुनै रोग लाग्यो भने विदेशका महंगा अस्पतालमा उपचार गर्न धाउछन् । त्यो पनि राज्यको ढुकुटीबाट । तर बिडम्बना, श्रवण जस्ता हुँदा खाने हजारौं नागरिकहरु उपचार नपाएर घरकै ओछ्यानमा दम तोड्न बाध्य छन् ।

    सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ चिमडीका २७ बर्षिय श्रवण चौधरीको दुबै मृगौला फेल भएर अहिले आर्थिक अभाव झेलिरहेका छन् । आर्थिक अभावकै कारण श्रवणले राम्रोसँग उपचार समेत पाएका छैनन् । हुन त राजनीतिक दलका नेता भएको भए विदेशका महंगा अस्पतालहरुमा उपचार पाउथ्यो होला । तर श्रवण जस्ता हजारौं बिरामीहरु छन् । जो उपचार नपाएर घरकै ओछ्यानमा छट्पटाई छटपटाई दम तोड्न बाध्य छन् । हो समान्य जीवन बिताउने श्रवण पनि महिनौं दिनदेखी आर्थिक अभावमा उपचार नपाएर घरकै ओछ्यानमा थला परेर दिन काटिरहेका छन् । उपचार गर्न आउ पैसा छैन्, बिना पैसा उपचार सम्भव छैन्, पैसै नभएपछि उपचारको कुनै बिकल्प पनि छैन् । पीडाले दिन रात तड्पिनु र कल्पिनुको कुनै उपाय नै छैन् ।

    श्रवण सानै हुँदा श्रवणका बुवाले कान्छी श्रीमती भित्र्याएपछी श्रवणकी आमा गौरिदेबी चौधरीले श्रवण र उनका दाईलाई लिएर श्रीमान्सँग छुट्टीएर बसेकी थिइन् । श्रवणकी आमा गौरीदेबी छोराहरुलाई काखी च्यापेर छुट्नुको त्यतिबेलाको पीडा अर्कै थियो । जुन शब्दमा बयान गरेर साध्य नै छैन् । दैनिक ज्यालादारी गरेर छोराहरुलाई हुर्काउने जिम्मेबारी काँधमा बोकेर हिडिन् गौरीदेबी । तर आज उही गौरीदेबी छोराको प्राण रक्षाका लागि भौतारिरहेकी छन् । कुनै बेला छोराहरुलाई कसरी हुर्काउने भन्ने चिन्ता थियो । अहिले गौरीदेबीलाई छोराको ज्यान कसरी जोगाउने चिन्ता छ । अहिले श्रवणको ज्यान जोगाउनका लागि अभियन्ताहरु श्रवण बचाऊ अभियान नै चलाएका छन् ।

    हो श्रवण जन्मिदै दुःखका पोका बोकेर जन्मिए, जुन दुःखका पोकाबाट अझैं रितिएका छैनन् दुःखका दिनहरु । बुवाको काख पाउनुपर्ने बेला त्यो काख पनि सौभाग्य भएन श्रवणको । आर्थिक स्थिती मजबुत नभएकै कारण वैदेशिक रोजगारीका लागि खाडी पुगेका थिए । तर त्यहाँ पनि सोचे जस्तो नभएपछि उनी आफ्नै देश फर्केका थिए । श्रवण एक वर्ष अगाडी मोटरसाइकल दुर्घटनामा परेका थिए । त्यसपछि उनको स्वास्थ्यस्थिति दिनप्रतिदिन बिग्रीदै गएको छ । डाइलेसिसका लागि नियमती बिराटनगर धाए पनि अन्तिम उपाय बचाउनका लागि किड्नी ट्रान्स्प्लान्ट गर्नुपर्ने चिकित्सकको सुझाब छ । समाजिक संजालमा श्रवणलाई बचाउन आह्वान भएसँगै अहिले चारैतिरबाट सहयोगी हातहरु अगाडी आएका छन् । श्रवणलाई उपचारकै लागि अहिलेसम्म ८ लाख सहयोग संकलन भएको छ । तर त्यती रकमले उनको उपचार सम्भव छैन् ।

    छोरालाई बचाईदिन श्रवणकी आमा गौरिदेबी चौधरीले अपिल गरेकी छन् । यदि तपाईले श्रवणलाई थप उपचारका लागि सहयोग गर्न चाह्नु हुन्छ भने श्रवण चौधरीको नाममा रहेको कृषि बिकास बैंकको खाता नम्बर ०६०२५०१७८४७५५०१० मा आफूले सक्ने रकम जम्मा गर्न सक्नुहुने छ । अथवा ९८१३१४८७५७ नम्बरमा फोन गरेर सोझैं सहयोग गर्न सक्नुहुने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित