- Loading...
धुलिखेल नगरपालीकाका किसान दुध तथा तरकारी उत्पादन तर्फ आकर्षित
- कृषि टि.भी.
- २ साल अघि
- ३१ पटक पढिएको


कृषि उत्पादनका लागी उर्वर भूमी रहेको काभ्रेको धुलिखेल नगरपालीकामा पछिल्लो समय दुध तथा तरकारी उत्पादन तर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ ।धुलिखेल नगरपालिकामा उत्पादन भएका तरकारी काठमाण्डौँ लगायत अन्य सहरमा विक्री हुने गरेको छ ।

धुलिखेल नगरपालिकाले व्यवसायिक कृषिमा जोड दिदै किसानहरुको जिवनस्तरमा परिवर्तन ल्याउने उदेयले कृषि कार्यक्रम लागु गरेको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत तारानाथ पौडेलले बताए । नगरपालीकाले परम्परागत कृषिलाइ आधुनिक कृषिमा रुपान्तरण गर्न पंविधिमा जोड दिदै आएको छ । यस्तै कृषिको क्षेत्र विस्तार ,उत्पादन बृदि, बजारको सुनिस्चितता, भुगोल अनुरुपको कृषिको सम्भावनाको अध्ययन गर्दै विभिन्न कार्यक्रम लागु गरेको छ। पछिलो समय कृषि पेशामा युवाहरुको आर्कषण बढ्दै गएको छ । किसानले उत्पादन गरेका कृषि उपज बजारीकरणका लागी समस्या नभएको धुलिखेलका किसानहरुले बताएका छन ।

तरकारी उत्पादनमा जोड दिदै नगरपालिकाले पनि कृषिमा अनुदान वितरण गर्दै आएको छ । जसबाट किसानहरुलाई थप हौसला मिलेको छ । नगरपालिकाले अर्गानिक र विषादीमुक्त तरकारी उत्पादन अभियानलाई पनि पछिल्लो समय आत्ससाथ गर्दै आएको छ । नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले पनि कृषि पेशालाई अङ्गाल्दै आएका छन । कृषिमा किसानलाई आतमनिर्भर बनाउने नगरपालिकाको योजना रहेको छ ।

