FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तिलोत्तमा आधुनिक कृषि उपज थोक बजार केन्द्रको शिलान्यास

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    तिलोत्तमा आधुनिक कृषि उपज थोक बजार केन्द्रको शिलान्यास

    रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निजि क्षेत्रको लगानीमा आधुनिक कृषि उपज थोक बजार केन्द्र स्थापना गरिने भएको छ । १ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्षका साथ तिलोत्तमा ५ मणिग्राममा लुम्बिनी कृषि उपज थोक बजार केन्द्रको शिलान्यास गरिएको हो। केन्द्रको तिलोत्तमा ५ का बडा अध्यक्ष चेतनारायण भण्डारी र केन्द्रका अध्यक्ष भिमकान्त पन्थीले संयुक्त रूपमा शिलन्यास गरेका हुन । करिव २० करोड रूपैयाको लागतमा निर्माण सम्पन्न गरिने बजारमा १ सय ७५ वटा आधुनिक सटर निर्माण गरिने थोक बजार केन्द्रका अध्यक्ष पन्थीले जानकारी दिए । उनले यो बजारले कृषि उपजको बजारीकरण र स्थानिय तथा विभिन्न ठाउको कृषि उपज संकलन गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए । त्यस्तै अध्यक्ष चेतनारायण भण्डारीले यस बजार तिलोत्तमा नगरको गहनाको रूपमा रहने भएकोले आवश्यक सहयोग गर्न नगरपालिका पछि नपर्ने प्रतिवद्वता व्यक्त गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित