- Loading...
बाँकेको खजुरामा पहिलो पटक कालिज पालन गर्दै दिपक पौडेल
- कृषि टि.भी.
- १ साल अघि
- २६ पटक पढिएको


जागेश्वर सिंह थारु। पश्चिम तराईको प्रचण्द गर्मि ४२ डिग्रीसेल्सीयस तापक्रममा बाँकेको खजुरामा किसानले पहिलो पटक कालिज पालन शुरु गरेका छन् । १४ लाख चल्ला खरिद र ३५ लाख फर्म निर्माणमा खर्च गरेर कलिज पालन शुरु गरेका हुन । बाँकेको खजुरा गाउँपालिका वडा न. ४ का दिपक पौडेलको दैनिकी कालिज पालनमा बित्ने गरेको छ । उनी बिहानदेखि साँझसम्म आफ्नै बारीमा पालेको कालिजहरुसंग रमाउँछन् । गत चैत्र ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरी उनी व्यवसायिक कालिज चरा पालनमा लागेका हुन । हाल उनीसंग १ हजार कालिज छन् । उनी भन्छन्, दशैं पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छ । उनले अस्ट्ेलीयाबाट कालिजको अन्डा मगाएर आफैले ह्याचरीड गरी चल्ला निकालेका हुन ।


एउटा चल्ला एक दिनको १४ सय रुपैंया पर्छ । खान लायक भइसकेको कालिजको एउटाको ३५ सय रुपैयाँमा बिक्री हुन्छ । जति ठूलो होस ३५ सयमा बिक्री गर्ने योजना रहेको उनले बताए।
कालिजलाई राख्नका लागि पौडेलले जाली लगाएका वरपरी फर्मलाइृ घेरेका छन् । करिव ५० लाख लागतमा कालिज पालनमा लागेका उनले राम्रै आम्दानी गर्ने सोंचमा छन् । कालिजले घाँस, दाना, मकै, गहुँ खान्छ । कालिज पालनका लागि सबैभन्दा ठूलो चुनौती भनेको तापक्रम हो । २५ डिग्री सेल्सीयसमा कालिज सहजै बाँच्छ । तर बाँकेमा भने गर्मीमा ४२ डिग्री सेल्सीयस तापक्रम पुग्छ । त्यसका लागि पौडेलले नयाँ जुक्ति निकाले । उनले कालिजको अण्डा घरमै मगाएर ह्याचरी गराए । जसका कारण कालिजको चल्ला बाँकेको तापक्रमसंग जुध्न सकोस ।
मिहनेटले गर्दा हुने रैछ भन्ने उदहारण कृषक दिपकले सम्भव देखाइ दिएको छन् । युवाहरुले यो देशमा को धर्तीमा सुन फलाउन सक्छन भन्ने पुष्टि गरेका छन् । उनको कालिज पालनको कुरा सुनेर विभिन्न ठाँउहरुबाट चल्लाको लागि माग भइसकेको छ । यो विषयमा स्थानिय सरकार र खजुरा कुखुरा विकास फर्मले चासो देखाए युवा पुस्ताहरुको रोजाईमा पर्ने सम्भवना रहेको देखिन्छ ।

