FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • माटोको मुर्ती बनाउँदै नेपालगन्ज उप-महानगरपालिका -८ का छोटु केवट, ५० देखि ६० हजार रुपैयाँ सम्म कमाइ

    • कृषि टि.भी.
    • १ साल अघि
    • २४ पटक पढिएको
    माटोको मुर्ती बनाउँदै नेपालगन्ज उप-महानगरपालिका -८ का छोटु केवट, ५० देखि ६० हजार रुपैयाँ सम्म कमाइ

    जागेश्वर सिङ थारु। बाँकेका एक युवकले करिब ६ बर्षको प्रयास पछि आफै माटोको मुर्ती तयार गर्न शुरु गरेका छन् । १२ बर्षको उमेरमा भारतमा गएर उनीले माटाको मुर्ती बनाउन सिकेका थिए । अहिले १८ वर्ष पछि उनी मूर्ति बनाउन सफल भएका हुन ।
    बाकेको नेपालगञ्ज उपमहानगरपालिका ८ का छोटु केवटले माटटोको मूर्ति बनाउन विगत ६ वर्ष देखि प्रयास गरीरहेका थिए । उनी सानै उमेर देखि मुर्ति बनाउनमै समय विताउँथे १२ वर्षको उमेरदेखि भारतमा माटोको मूर्ति बनाउन सिकेका उनी अहिले १८ वर्ष पछि मूर्ति बनाउन सफल भएका हुन् । धार्मिक सद्भाव बोकेको शहर नेपालगन्जमा विजय दश्मीमा पुजा गर्नका लागि दुर्गा माताको मुर्ति निर्माण गर्न शुरु भएको छ । मुर्ति निर्माण गर्ने कालिगरहरुले माग र आदर अनुसार मुर्ति निर्माण गरेर बिक्रि गर्ने गरेका हुन्छन । उनी घर फर्केको पहिलो बर्षमा नै करिब १० देखि १२ ओटा माटेको मूर्ति बनाउने सोच बनाएको छोटु केवटले बताउछन् ।
    माटाका मुर्ति निर्माण गर्न करिब १ मुर्तिमा ९ हजार सम्म खर्च हुने गर्छ । बाँस, पराल, प्लाष्टिकका डोरी लगाएर मुर्तिको अकार बनाउने गरिएको हुन्छ । एक मुर्ति पुर्ण रुपले निर्माण गरेपछि ३ देखि ५ हजार सम्म नाफा हुन्छ । काममा सहयोग गर्न र सिप सिक्नका लागि साना साना बालबलिका उनी सँगै जुटेको उनी बताउछन् । उनी एक सिजनमा अडर अनुसार करिब ५० देखि ६० हजार कमाइ हुने बताउछन् । नाफा भएको पैसाले घर खर्च चलाउने र केही रकम बचत गरेर अर्को सिजनमा लगाएको उनी बताउछन् । छोटु जस्तै नेपालमा मेहेनत गरे रोजगारीका लागी विदेशीनु पर्दैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित