FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चाँगुनारायण नगरपालिकाले २६२ युवा किसानलाई ३ लाख सहुलियतपूर्ण कर्जा दिने

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    चाँगुनारायण नगरपालिकाले २६२ युवा किसानलाई ३ लाख सहुलियतपूर्ण कर्जा दिने

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले युवाहरुलाई कृषिमा आर्कषित गर्न र नेपालमै युवालाई स्वारोजगार बनाउने उदेश्यले बैँक सँग सम्झौता गरी उद्यम गर्न चाहाने २६२ युवालाई ३ लाख सहुलियत कर्जा प्रदान गर्ने तयारी गरेको छ । सहुलियत कर्जा कार्यक्रम गत बर्ष नै तय गरियको भएपनि कार्यविधि बनाउन ,छनौट पंकृया पुरा गर्न समय लागेको हुदा यो कार्यक्रम आर्थिक बर्ष २०७८, ०७९ मा मात्र कार्यान्वयनमा आउुन लागेको हो । उक्त सहुलियत कार्यक्रममा छनौट भएका किसानहरुलाई,उनिहरुले गर्न चाहेको उद्यमको क्षेत्रको तालिम नगरपालीकाले दिइसकेको र कार्यक्रममा कृषि क्षेत्रमा काम गर्न चाहने युवालाइ प्राथमिकतामा राखेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

    नगरपालीकाले स्थानिय सामुदायीक बनसँग मिलेर वन क्षेत्रमा विभिन्न जडिवुटिजन्य बोट विरुवा तथा टिमुर, एभोकाडो, कागती ओखर जस्ता फलफुल रोपेको छ र त्यसबाट हुने आम्दानी सामुदायीक वन उपभोक्ता समितीले नै प्रयोग गर्नेगरि नगरपालीकाले कानुनी व्यवस्था समेत मिलाएको छ । विभिन्न सामुदायीक वन क्षेत्रमा उत्पादन र आयआर्जन गर्नसकिने खालका वोटविरुवा रोपेर व्यवस्थित गर्न सके कृषि क्षेत्रमा बनको पंयोग मार्फत उल्यख्य आमदानी गर्न सकिने सम्भावना रहेको नगरप्रमुख मिश्रले जानकारी दिए ।

    नगरप्रमुख सोमप्रसाद मिश्र

    त्यसैगरि नगरपालीकाले कृषि क्षेत्रमा लागेका किसानलाइ कृषि औजार ,मल , विउ विजन, पर्वाधार निर्माण जस्ता विभिन्न आठ शिर्षकमा ५० पंतिसत अनुदान दिइ कृषि क्षेत्रलाइ सम्मानित र आकर्षित बनाउने निती लिएको छ । पछिल्लो समय शहरीक्षेत्र आसपासका खेतीयोग्य जमिन खण्डीकरण हुने , घरघडेरमा परिणत हुने जस्ता समस्याले उत्पादन क्षेत्र कम हुदैगएको र यो समस्या समाधान गर्न सरकारले मात्र चाहेर नसकिने तर खण्डिकरण रोक्न पेंरणा मिल्नेखालका केहि निती बनाइलागु गरेमा कृषि उत्पादन क्षेत्रलाइ केहि हद सम्म सुरक्षीत गर्न सकिने नगर पंमुखको मिश्रले बताए । हाल देशैभर कृषि उत्पादन हुने भुभागमा बस्ती बस्ने र शहरिकरण हुने समस्या रहेको छ , जस्ले दिर्घकालीन रुपमा कृषिको क्षेत्रलाइ नकारात्मक असर गर्ने सुनिस्चित छ, यस तर्फ समयमै सरकारको ध्यान जान जरुरि देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित